धादिङको खानीखोलामा ६२ जनाद्वारा रक्तदान

Avatar photo
Dhadingpost
आइतवार, साउन १५, २०७९

धादिङ । धादिङको धुनीबेसी नगरपालिका स्थित खानीखोलामा आईतबार भएको कार्यक्रममा १७ जना महिला र ४५ जना पुरुष गरी ६२ जनाले रक्तदान गरेका छन् ।

लायन्स क्लब अफ धादिङ पिस खानीखोला, लायन्स क्लब अफ धादिङ धुनिबेशी टाउन, धादिङ जेसिस र लियो क्लब अफ पिस खानीखोलाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम भएको यो ४१ औं पटक हो ।