मार्पाक स्तरीय फुटशल सकियाे

Avatar photo
Dhadingpost
शनिबार, साउन १४, २०७९

नेत्रावती डवजाेङ गाउँपालिका स्थित साविककाे मार्पाक गाबिस स्तरीय मैत्रीपूर्ण फुटसल प्रतियाेगिता काठमाडौंको फोनिक्स फुटसल मनमैजुमा सम्पन्न भएकाे छ ।
५ वटा टिमले सहभागिता उक्त प्रतियाेगिता नेत्रावती डवजाेङ गाउपालिका वडा नं. १ का वडाध्यक्ष एवम् पुर्व संचारकर्मी ठाकुर गुरुङ्ग र नेपाली काग्रेसका युवा नेता कृष्ण रिजालले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

प्रतियाेगिताकाे विजयी प्रथम, दृितिय र तृतिय हुने टिमलाई नगद पुरस्कार पनि वडाध्यक्ष ठाकुर गुरुङ्ग र नेपाली काग्रेसका युवा नेता रिजालले वितरण गरेका थिए ।

प्रतियाेगितामा टिम मार्पाक प्रथम, टिम मार्पाक भेट्रान्स दृितिय, टिम थला तृतिय, टिम सि. सि. एम. चतुर्थ र टिम बाेराङ्ग पाचाै हुन सफल भएकाे थियाे । प्रतियाेगिताकाे ब्यबस्थापन फणिन्द्र गुरुङ्ग र काजिराम अधिकारीले, संचालन दूध बहादुर गुरुङ्ग र अदिप अधिकारीले साथै अन्य ब्यबस्थापन ईन्द्र गुरुङ्ग र शिव कार्कीले गरेका थिए ।