गजुरी फुटबलको उपाधी मलेखुले जित्यो

Avatar photo
Dhadingpost
सोमवार, साउन ९, २०७९

धादिङ । गजुरीमा आईतबार सम्पन्न 6/A Side खुल्ला फुटबल प्रतियोगिताको उपाधी भद्रकाली सामुदायीक विकास सामाज मलेखुले जितेको छ ।

१६ टिम सहभागी उक्त प्रतियोगिताको फाईनलमा आयोजक गजुरी सामुदायीक विकास समाज गजुरीलाई पेनाल्टीमा ५ को विरुद्ध ६ गोल गर्दै मलेखु प्रथम भएको हो ।

विजेता भए सँगै मलेखुले २५ हजार नगद र उप विजेता गजुरीले १० हजार नगद जितेको रामहरि थापाले धादिङपोष्टलाई जानकारी दिए ।

पुरस्कृत टिम र खेलाडीलाई समापन कार्यक्रमका प्रमुख अतिथि गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ र विशेष अतिथि जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङको हातबाट पुरस्कार प्रदान गरिएको थियो ।