
धादिङ । आर्थिक वर्ष (०७८/७९) मा बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय यातायात पूर्वाधार निर्देशनालय प्रादेशिक सडक डिभिजन कार्यालय धादिङ मार्फत काम हुने गरि धादिङ जिल्लाका विभिन्न २५२ सडक योजनाको लागि रकम विनियोजन भएर आएको थियो ।
जसमा १० लाखको भुतिया बसेरी गल्छी सडक, १९ लाखका महादेवबेसी भाण्डेस्थान मान्पु सडक र १५ लाखको च्युरीपारी, कन्याकेटी सडक निमार्णको लागि संझौता नै हुन नसक्दा रकम फ्रिज हुन पुग्यो भने, बेनीघाट रोराङ गाउँपालिका १० स्थित खिरभञ्ज्याङ ताक्थली सडक मर्मतको लागि उपभोक्त समिति बीच संझौता भएर पनि काम नहुँला ५ लाख फ्रिज भएको छ ।
बुहुवर्षिय योजना बाहेक ८० सडक योजनाहरुको प्राविधिक मुल्याङ्कन हुँदा समेत स्थानीय उपभोक्तहरुले अहिले सम्म १० करोड ५८ लाख ७ हजार रुपैया भुक्तनी लिन पाएका छैनन् । बहुबर्षिय योजनामा पनि ५ करोड भुक्तानी दिन बाँकी रहेको सडक डिभिजन कार्यालय धादिङले जनाएको छ ।
असार २४ गते खाता बन्द हुने सूचना त थियो तर गत वर्ष २८ गते सम्म खाता सूचारु नै रहेको र प्रदेशका योजनाहरु पनि ढिलो आयो काम पनि ढिलो भयो भुक्तिनीका लागि प्रकृया अगाडि बढाउँदै थियौं तर माथिबाट निर्धारित समय मै खाता बन्द गरिदिँदा उक्त रकम भुक्तानी दिन नसकिएको सूचना अधिकारी सागर भण्डारीले बताए ।
मन्त्रालयमा भुक्तानीको लागि अनुरोध गरेका छौं, अब माथिबाट कसरी मिलाउँछ त्यहि अनुसार हुन्छ । सबै ८० भन्दा माथिका योजनाहरुको काम अनुसारको भुक्तानी नहुँदै रकम फ्रिज भएको छ, विवरण समेत राखेर भुक्तनीका लागि मन्त्रालयमा पत्र पठाएका छौं उनले भने ।
धादिङमा ६ वटा बहुवर्षिय सडक योजना रहेका छन् जसमा
१. सेउनली-वडथोक-काउले सडक नीलकण्ठ
२. पाल्पाभञ्ज्याङ-साँधभञ्ज्याङ सडक नीलकण्ठ
३. पुष्पलाल प्रदेश चक्रपथ (आदमघाट-मनहरी सडक) गजुरी
४. दामन पाख्रिन मार्ग (धादिङबेसी-तिप्लिङ)
५. कागेश्वरी-गोठगाउँ सडक गल्छी
धादिङमा ९ वटा बहुवर्षिय पुल योजना
१. खयरघारी-सिमपानी सडक पुल (थाँक्रे गजुरी जोड्ने)
२. लिस्ने खोला सडक पुल खनियाबास
३. नवदुर्गा मन्दिर सडक पुल धादिङबेसी दिपटोल
४. रामटार सिद्धलेक ४ र ६ जोड्ने थोपल खोला सडक पुल
५. सापटारी साल्दुम नेत्रावती १ र गंगाजमुना ४ जोड्ने झोलुङ्गे पुल
६. कालिदहपुल सिद्धलेक १ र ५ जोड्ने सडक पुल
७. दार्खा खोला सडक पुल खनियाबास
८. मायादेवि थान रातमाटे नीलकण्ठ १४ र नेत्रावती ४ जोड्ने सडक पुल
९. लितिखोला सडक पुल थाँक्रे
वजेट फ्रिज हुँदा भुक्तानीमा अन्यौल परेका योजनाको सूची





