आदमघाट र फिस्लिङमा किन रोकिए रवि लामिछाने

Avatar photo
Dhadingpost
शुक्रबार, साउन ६, २०७९

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरि प्रचारात्मक अभियान दौडाहमा रहेका रवि लामिछाने पोखरा जाने क्रममा आज धादिङको आदमघाट र चितवनको फिस्लिङमा रोकिए र स्थानीयहरु सँग भलाकुसारी गरे ।

नेपाली पत्रकारितबाट परिचित लामिछाने पत्रकारिता छाडेर राजनीतिमा आउनु रविन्द्र मिश्र बन्नु बाहेक केहि हैन, भन्ने आरोप सुनिएपनि जहाँ लामिछाने पुगेका हुन्छन् त्यहाँ भिड लागेको देखिन्छ । आज धादिङको आदमघाटमा र चितवनको फिस्लिङमा पनि त्यस्तै देखियो ।

भोली हुने गण्डकी प्रदेशको भेलाका लागि हिडेका लामिछाने सहितको टोली बिहान आदमघाटमा चिया खान ओर्लिए तव स्थानीयहरुको स्वतस्फूर्त रवि भेट्न पुगे फोटो फोटो खिचाए । यहि मौकामा उनले चुनावमा आफ्नो पार्टीलाई सम्झन आग्रह गर्न भ्याए ।

यस्तै उनी चितवनको फिस्लिङमा पनि तरकारी बेच्न आउने किसान सँग् भलाकुरारी गर्न रोकिए र स्थानीय कृषक र तरकारी व्यवसायीहरु सँग भलाकुरारी गरे । माटोमा जीवन सुम्पिने कृषकलाई बिचौलियाले कहिल्यै उँभो लाग्न नदिएको बताउँदै अन्यायको साङ्लो राष्ट्रिय स्वतन्त्र पार्टीले तोड्ने बताए ।