रुबीभ्यालीले परिक्षाबाट छान्यो करार स्वास्थ्यकर्मी, छनोट हुनेमा अधिकांश पुरानै

Avatar photo
Dhadingpost
बिहिबार, साउन ५, २०७९

धादिङ । सबै करार कर्मचारीहरु नियुक्ती खारेज गरेर पुनः कर्मचारी माग गरेको धादिङको रुबीभ्यालीले पहिलो चरणमा परिक्षा मार्फत स्वास्थ्य तर्फ कार्यालय सहयोगी समेत गरि २९ जना छनोट गरेको छ । रुबीभ्यालीले स्वास्थ्य तर्फ एचए ३ जना, अहेव ८ जना, अनमी ९ जना, ल्याव टेक्निसियन ३ जना लिखित र अन्तरवार्ता दुबै परिक्षा र कार्यालय सहयोगी ६ जना अन्तरवार्तबाट नियुक्त गरेको हो ।

पुराना कर्मचारीहरु राप्रपाले आफ्ना कार्यकर्ताहरु मात्रै भर्ना गरेको आरोप लागेपछि नव निर्वाचित स्थानीय गठबन्धन सरकारले यस अघिका करार कर्मचारीको नियुक्ती थप नगरि पुनः कर्मचारी भर्ना प्रक्रिया अगाडी बढाए पनि परिक्षाबाट स्वास्थ्य तर्फ नाम निकाल्ने २९ जना मध्य अधिकांश पुरानै कर्मचारी रहेका छन् ।

हामीले परिक्षा पूर्णत निश्पक्ष गरेका छौं । उत्तरी धादिङका मानिसहरुको जनजीवन सँग जोडिएको स्वास्थ्य क्षेत्रमा योग्य स्वास्थ्यकर्मी छानिएको र निश्चित कोटा भएकोले केहि राम्रा योग्य परिक्षाहरुको नाम निश्कन सकेन नाम ननिस्कदैमा हतोत्साही नहुन पालिका अध्यक्ष रामसिंह तामाङले आग्रह गरेका छन् ।

कार्यालय सहयोगी बाहेक २३ जना स्वास्थ्यकर्मीहरुले नाम निकालेका छ, भने ७ जनाले बैकल्पितमा नाम निकालेका छन् । नाम निकाल्नेका हेल्थ असिस्टेन तर्फ विममाया तामाङ, तेन्जिङ डोल्मा घले र प्रकाश लामा, अनमी तर्फ शर्मिला बि.क., प्रतिना तामाङ, किरण तामाङ, निरीमाया तामाङ, रसमाया तामाङ, सोक्बालकी शेर्पा, सिर्जना तामाङ, फुलमायाँ तामाङ र रामेछापकी रिता कार्की छनोटमा परेका छन् ।

यस्तै अहेव तर्फ छनोट हुनेमा पेमा तामाङ, रतिा घले, रेकमान तामाङ, भुमिमायाँ तामाङ, सिम्रन जायसवाल, करुणा तामाङ, लिलिमान तामाङ निरबहादुर तामाङ छन् । ल्याव असिस्टेण्ड तर्फ माया तामाङ, सुष्मा तमाङ, बुद्धकुमारी तामाङ रहेको गाउँपालिकाले जनाएको छ ।