धादिङको नेत्रावती डबजोङ, बेरुजु फरछ्योट गर्नेमा प्रथम

Avatar photo
Dhadingpost
बिहिबार, साउन ५, २०७९

धादिङ । महालेखा परिक्षककोे ५९ औँ बार्षिक प्रतिवेदन अनुसार धादिङको नेत्रावती डबजोङ गाउँपालिका बेरुजु फछ्यौटमा बागमती प्रदेशकै प्रथम भएको छ ।

नेत्रावती डबजोङ गाउँपालिकाले आर्थिक बर्ष ०७७/०७८ मा बेरुजु फछ्यौटमा ०.१२ अंक प्राप्त गरी बागमती प्रदेशमा प्रथम गाउँपालिका हुन सफल भएको हो । महालेखा परीक्षकको कार्यालयले ७४४ स्थानीय तहको ९ खर्ब ९३ अर्ब ५९ करोड ३१ लाखको लेखापरीक्षण गरिएको थियो ।

जसमा हरिहर गाउँपालिका सिन्धुलीले ० दशमलब ३८ अंक प्राप्त गरी दोस्रो हुन सफल भएको छ । भरतपुर महानगरपालिकाले ० दशमलब ५६ अंक प्राप्त गरी तृतिय स्थान हासिल गर्न सफल भएको छ । प्युठानको मल्लरानी,सरुमारानी गाउँपालिका र ताप्लेजुङको सिरीजंगा गाउँपालिकाको बेरुजु शुन्य गर्न सफल भएका छन् ।

धादिङ जिल्लाको १३ स्थानीय तह मध्ये १ दशमलब ६९ अंक प्राप्त गरी बेनिघाट रोराङ गाउँपालिका दोस्रो हुन सफल भएको छ । यसैगरी २ दशमलब ६३ अंक प्राप्त गरी थाक्रे गाउँपालिका दोस्रो र २ दशमलब ७८ अंक प्राप्त गरी गंगाजमुना गाउँपालिका तृतीय हुन सफल भएका छन् ।