धादिङका अधिकारीद्वयले फरक-फरक प्यानलबाट उम्मेदवारी दिने

Avatar photo
Dhadingpost
साउन ४, २०७९

धादिङ । नेपाली कांग्रेस नीकट नेपाल प्रेस युनियनको आसन्न महाधिवेशनकामा धादिङका सरोज अधिकारीले वरिष्ठ उपाध्यक्षमा र मुरारी अधिकारीले बागमती प्रदेशबाट केन्द्रिय उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

सुरुमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका सरोज अधिकारीले संस्थापन पक्षको अनिता विन्दुको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् भने मुरारी अधिकारीले अर्को खेमाबाट बागमती प्रदेशबाट उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका हुन् ।

मुरारी अधिकारीलाई सँग संस्थापन पक्षका उम्मेदवार गिरिजा अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । देशभर आफ्नो छुट्टै छवि बनाउँदै परिचित गिरिजा अधिकारी सँग चुनावी मैदानमा रहेका धादिङका अधिकारीलाई चुनाव जित्न भने सहज नभएको नेपाल प्रेस युनियनका एक नेताले धादिङपाष्टलाई बताए ।

साउन ६ र ७ गते हेटौंडामा हुने महाधिवेशनमा नेपाली कांग्रेसको संस्थापन पक्षका तर्फबाट अध्यक्षमा अनिता विन्दु, वरिष्ठ उपाध्यक्षमा सरोज अधिकारी, महासचिवमा जगन्नाथ दुलाल र कोषाध्यक्षमा माधव धितालको नाम टुंगो लागेको छ ।बालुवाटारले युनियन अध्यक्षको टिकट दिएपछि अनिता विन्दुले मंगलवार नै उम्मेदवारी घोषणा गरेकी छन् । अरुले हेटौंडामै उम्मेदवारी घोषणा गर्नेछन ।

यसअघि अधिकारीले आफू अध्यक्षको उम्मेदवार बन्ने बताएका थिए । तर उनी वरिष्ठ उपाध्यक्षमा बस्न सहमत भएका छन ।युनियनको अर्को खेमाबाट अध्यक्षमा दीपक आचार्य, ईश्वरी ओझा, शिव लम्साललगायत आकांक्षी छन् । यस्तै, महासचिवमा दिलीप पौडेल, नकुल अर्याल, रमेश वाग्ले, खिला कार्कीलगायतको दावी छ । तर यो समूहबाट लम्साल नै अध्यक्षको उम्मेदवार हुने लगभग पक्का जस्तैछ । आठ वर्ष अघि भएको चुनावमा उनी बद्री सिग्देलसँग पराजित भएका थिए ।