रुबीभ्यालीले २ दिन भित्र करारका स्वास्थ्यकर्मी नियुक्त गर्ने

Avatar photo
Dhadingpost
मङ्लबार, साउन ३, २०७९

धादिङ । धादिङको रुविभ्याली गाउँपालिकाले अबको २ दिनभित्रमा करारका स्वास्थ्यकर्मी नियुक्त गर्ने गरी प्रक्रिया अगाडी बढाएको छ ।

करारमा कार्यरत कर्मचारीहरुको समयावधी सकिए सँगै रुबीभ्यालीले पुनः कर्मचारी माग गरेर करारमा स्वस्थ्यकर्मीहरुको लागि मङ्गलबार लिखित परीक्षा सञ्चालन गरी बुधबार नै कार्यक्षेत्रमा खटाइने गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले धादिङपोष्टलाई बताए । कारार स्वास्थ्यकर्मी नियुक्त गर्न रुबीभ्यालीले आज जिल्ला समन्वय समिति धादिङको हलमा आवेदकहरुको लिखित परिक्षा संचालन गरेको थियो ।

गाउँपालिका अध्यक्ष तामाङले करार कर्मचारीको करार अबधि जम्मा ६ महिनाको मात्र हुने भएकाले नियमित प्रकृयामा पालिका गएको बताउँदै गाउँपालिकाले आवेदन माग गरेका पदहरुमा पुराना नयाँ सबै कर्मचारीले सहभागिता जनाएर प्रतिस्पर्धा गर्न पाउने बताए ।