गजुरीबाट लागूऔषध सहित २ जना पक्राउ

Avatar photo
Dhadingpost
मङ्लबार, साउन ३, २०७९

धादिङ । धादिङको गजुरी गाउँपालिका–६ मिलनटारबाट ४० वर्षीय होम बहादुर तामाङ ४ किलोग्राम चरेशसहित पक्राउ गरेको छ । यस्तै र गजुरी गाउँपालिका–६ गौरीभञ्ज्याङबाट २८ वर्षीय तुलाराम तामाङलाई ४ किलोग्राम गाँजासहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गजुरी र अस्थाई प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

प्रहरीले सोमबार मात्रै धादिङ सहित काठमाडौं, कैलाली, उदयपुर, कास्की, बर्दिया र पर्साबाट अवैध लागूऔषध सहित १३ जना पक्राउ गरिएको जनाएको छ ।