धादिङमा बढुवा हुने १३ जना शिक्षकलाई नियुक्ति तथा पदस्थापना पत्र वितरण

Avatar photo
Dhadingpost
साउन ३, २०७९

धादिङ । शिक्षा विकास तथा समन्वय ईकाई धादिङले बढुवा भएका १३ जना शिक्षकहरुलाई नियुक्ति तथा पदस्थापना पत्र वितरण गरेको छ ।

बढुवा भएका माध्यामिक र निम्न माध्यामिक शिक्षक द्धितिय तर्फ ३ जना, प्राथमिक शिक्षा प्रथम तर्फ २ जना र प्राथमिक शिक्षक द्धितिय तर्फ ५ जना गरि १३ जना शिक्षकलाई सोमबार नियुक्ति तथा पदस्थापना पत्र वितरण गरेको हो ।

बढुवा नियुक्ति तथा पदस्थापना पत्र पाउनेमा माशि तर्फ जानुका कडेल महेन्द्र मावि नीलकण्ठ, विष्णु प्रसाद रिजाल नीलकण्ठ मावि नीलकण्ठ, सुरेश कुमार बस्नेत आदर्श मावि गजुरी, निमाशि द्वितिय तर्फ लक्ष्मी अधिकारी महाकाली मावि थाक्रे, चन्द्रकुमार श्रेष्ठ देउराली मावि नीलकण्ठ, रुद्र अधिकारी शंखादेवि मावि नीलकण्ठ, प्राशि प्रथम तर्फ गिता तिवारी देउराली मावि नीलकण्ठ, विष्णु प्रसाद उपाध्याय सल्याटार मावि त्रिपुरासुन्दरी, प्राशि द्वितिय तर्फ रोहिणी प्रसाद कोईराला नीलकण्ठ मावि नीलकण्ठ, नेमबहादुर थापा नागेश्वरी आवि सिद्धलेक, आयुकृष्ण श्रेष्ठ मालमिन्दर मावि नीलकण्ठ, शंकर अधिकारी प्रकाश मावि नीलकण्ठ, नवराज सापकोटा साङकोष मावि नीलकण्ठ रहेका छन् ।

जिल्ला समन्वय प्रमुख एवं जिल्ला शिक्षा समिति धादिङका अध्यक्ष नवराज अधिकरी उनीहरुलार्य बढुवा नियुक्ति तथा पदस्थापना पत्र वितरण गरेका थिए ।