रुबीभ्याली गोवरले छोपिएको हिरा हो, गोवर पन्छाउँदै छु -जगत सिंखडा

Avatar photo
Dhadingpost
सोमवार, साउन २, २०७९

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिकामा राप्रपालाई फेरि धक्का लागेको छ । असारको दास्रो साता राप्रपा केन्द्रिय समितिका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको गाउँ बोराङबाट १५ जना भन्दा बढीले राप्रपा परित्याग गरेको थिए । यस्तै आज फेरि राप्रपाका वडा सदस्यका उम्मेदवार, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र विद्यालय प्रधानाध्यपक गरि ३ जनाले राप्रपा परित्याग गरेको घोषणा गरेका छन् ।

माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारीको अध्यक्षता तथा प्रदेश सांसद जगत सिंखडाको प्रमुख आतिथ्यतामा आज भएको पार्टी प्रवेस कार्यक्रममा उम्मेदवार आशिष सहित उर बहादुर लामा तामाङले पनि राप्रपा छाड्दै माओवादी प्रवेस गरेका थिए । यस्तै रुबीभ्याली ६ का निरबहादुर तामाङले आफू स्थायी शिक्षक भएको र उत्तरी धादिङमा शिक्षामा आमुल परिवर्तनका लागि माओवादीले अहम भुमिका गरेकोले एकीकृत अखिल नेपाल शिक्षक संगठनमा प्रवेस गरेको बताएका छन् ।

रुबीभ्याली गोवरले छोपिएको हिरा हो -जगत सिंखडा

नव प्रवेसीहरुलाई स्वागत गर्दै प्रदेश सांसद जगत सिंखडाले रुबीभ्याली गोवरले छोपिएको हिरा भएको त्यो गोवर पन्छाउने अभियान आफुले विकासबाट सुरु गरेको बताएका थिए । गोवर पन्छाउने कार्यजारी छ, यो अभियनमा उत्तरी क्षेत्रका स्थानीयहरुले साथ दिएकोले नै आफ्नो ५ वर्षे कार्यकालमा शिक्षा स्वास्थ्य र पूर्वाधारको विकासले फड्को मारेको समेत दावी गरे ।

अहिले गाडी चढेरै हिमाल पुग्न सकिन्छ, आफुने स्थानीय तहको निर्वाचनमा गाडी चडेरै भोट माग्न आउने गरेको प्रतिवद्धता पुरा गरेको बताउँदै सांसद सिंखडाले सडक संजालले रुबीभ्यालीलाई सहज बनाएको समेत बताएका थिए । अब राप्रपा लगायत पुराना सोच राख्ने पार्टीमा कार्यकर्ता रहन नसक्ने दावी गर्दै उत्तरी धादिङ विस्तारै लाल किल्ला हुँदै गएको र प्रवेसले त्यहि झल्को दिईरहेको समेत बताए ।

माओवादी केन्द्र रुबीभ्यालीका विपिन तामाङद्वारा संचालित पार्टी प्रवेस कार्यक्रममा अखिल नेपाल ट्रेड युनिउन महासंघका महासचिव शालिकराम काफ्ले, बागमती प्रदेशका अध्यक्ष शिव पोखरेल, माओवादी केन्द्रका बागमती प्रदेश सदस्य मिम्मा तामाङ, माओवादी केन्द्र रुबीभ्यालीका अध्यक्ष कर्मा लामा तामाङ, उपाध्यक्ष करिमान तामाङ लगायतको आतिथ्यता रहेको थियो ।