प्रेस युयिन बागमतीबाट केन्द्रिय उपाध्यक्षमा दुई जनाको उम्मेदवारी घोषणा

Avatar photo
Dhadingpost
साउन २, २०७९

धादिङ । नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको ९ औं राष्ट्रिय अधिवेश बागमती प्रदेशको राजधानी हेटौंडामा यहि साउन ६ र ७ गते हुन गहि रहेको छ ।

यस महादिवेशनमा धादिङका डा. मुरारी अधिकारी र हेटौंडाका गिरिजा अधिकारीले बागमती प्रदेशबाट केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

धादिङबाट गोरखापत्रका लागि रिपोटिङ गर्ने डा. मुरारी अधिकारी र मकवानपुरमा रहेर पत्रकारिता गर्ने गिरिजा अधिकारी बीच बागमती प्रदेशबाटको केन्द्रिय उपाध्यक्षमा बन्ने भन्ने कडा प्रतिस्पर्धा हुने देखिएको छ ।