गजुरीमा १ सय ५१ जनाले गराए आँखाको जाँच

Avatar photo
Dhadingpost
आइतवार, साउन १, २०७९

धादिङ । सामुदायिक आँखा केन्द्र धादिङका इन्चार्ज रामसिङ तामाङका अनुसार शनिबार धादिङको गजुरीमा १ सय ५१ जनाले आँखाको जाँच गराएका छन् ।

तामाङका अनुसार मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरुका लागि भएको आँखा शिविरमा ६८ जना पुरुष र ८३ जना महिला गरि १ सय ५१ जना विरामीहरुले आँखाको जाँच गराएका हुन् ।

तिलगँगा आँखा प्रतिष्ठान काठमाण्डौँ र जिल्ला सामुदायिक आँखा केन्द्र धादिङको सँयुक्त आयोजना भएको उक्त निशुल्क आँखा जाँच शिविर भएको थियो ।