गल्छी कोल्पुखोलामा बसले ठक्कर एक जनाको मृत्यु

Avatar photo
Dhadingpost
शनिबार, असार ३२, २०७९

धादिङ । धादिङको गल्छी गाउँपालिका–८ कोल्पुखोलामा बसले मोटरसाइकललाई ठक्कर दिँदा कल्लेरीका सुनिल ठकुरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट त्रिशुली जाँदै गरेको बा. ४ ख. ९२९६ नम्बरको बसले नुवाकोटबाट गल्छी आउँदै गरेको बा. ५६ प. २४९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक कल्लेरीका १८ वर्षीय सुनिल ठकुरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते बनेका ठकुरी उनको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।