रुबीभ्यालीका शंकर तामाङ सहित ३ जना पक्राउ

Avatar photo
Dhadingpost
शुक्रबार, असार ३१, २०७९

धादिङ । जिल्ला प्रहरी कार्यालय चितवनले धादिङ रुबीभ्याली गाउँपालिका ५ का २८ वर्षिय शंकर तामाङ सहित ३ जनालाई गोरुको मासुसहित पक्राउ गरेको छ ।

पक्राउ पर्ने अन्यमा चितवनको भरतपुर महानगरपालिका-१० का ४५ वर्षीय प्रतीक ठकुरी र कास्कीको पोखरा महानगरपालिका-११ का ३५ वर्षीय होम घिमिरे छन् ।

मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना २ ह ३९६९ नंको अटोमा प्लाष्टिकको बोरामा लुकाइ गोरुको मासु ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।