धादिङका ४ जना माओवादीको पोलिटब्यूरोमा चयन

Avatar photo
Dhadingpost
असार २३, २०७९

धादिङ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दै सकिएको छ । आज सम्पन्न केन्द्रीय समिति बैठकले स्थायी कमिटी ४१ जनाको र पोलिटब्युरो १५६ जनाको बनाइएको हो ।

माओेवादी केन्द्रको स्थायी कमिटीमा धादिङबाट कोहि नपरे पनि पोलिटब्युरोमा ४ जना परेका छन् । धादिङबाट पोलिटब्युरोमा चयन हुनेमा पुष्पविक्रम मल्ल, कल्पना धमला, शालिकराम जमकट्टेल र ओम शर्मा रहेका छन् ।

यहि केन्द्रिय कमिटीमा अध्यक्ष प्रचण्डले केन्द्रिय सदस्य थप गरेका थिए महादिवेशनबाट र थप गरि धादिङबाट केन्द्रिय सदस्य हुनेको संख्या ७ पुगेको थियो । यहि सात भित्रबाट आज ४ जना पोलिटब्यूरोमा स्थान पक्का गर्न सफल भएका हुन् ।