सेर्तुङमा सडक निर्माणको लापरवाहीले गाउँ नै पहिरोको जोखिममा

Avatar photo
Dhadingpost
सोमवार, असार २०, २०७९

प्रदिप तामाङ
धादिङ ।
रुबीभ्याली गाउँपालिका अन्तर्गत पर्ने सेर्तुङमा सडक निर्माणको लापरवाहीले गर्दा गाउँ नै जोखिम परेको स्थानीयहरुले बताएका छन् ।

रुबीभ्याली गाउँपालिकाको धेरै स्थानहरुमा अविरल वर्षाका कारण पहिरो जाँदा वस्तीहरु जोखिम परेका छन् । जस मध्य रुबीभ्याली गापा ३ सेर्तुङ ठुलो गाउँको ठिक मुनि पहिरोको जोखिम बढेको छ ।

सडक खन्ने क्रममा डोजरको कम्पन र सडक खनिसकेपछि सम्बन्धीत ठेकेदारले पर्खाल नलगाइ दिँदा झन बढि जोखिममा परेको स्थानीयहरुको गुनासो गरेका छन् ।