त्रिपुरासुन्दरीको पाकुले डिलमा ५०० विरुवा रोपियो

Avatar photo
सन्जु श्रेष्ठ
शनिबार, असार १८, २०७९

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष राजु उप्रेती र उपाध्यक्ष देवराज धरेलले पालिकाको पहिलो वैठकमा एक भोट, एक वृक्षारोपणको एजेण्डा पास गराएका थिए ।

उक्त निर्णयको कार्यान्वयनको सुरुवात उनीहरुले शुक्रबार भुवन पाण्डे र जितेन्द्र अधिकारीको स्मृतिमा बनाइएको पार्कबाट सुरु गरेको थिए । पार्क परिसरमा २०० विरुवा सारेर वृक्षारोपण अभियान सुरुभएको जनाएका थिए । यहि अभियान स्वरुप शनिबार सल्यानटार पाकुले डिलमा ५०० वटा चाप, चिउरी, केरा, कपुर, जमुना, टाकी लगायत अन्य बुट्यान विरुवा सारिएको उपाध्यक्ष देवराज धरेलले धादिङपोष्टलाई बताए ।

वृक्षारोपण कार्यक्रममा पालिका अध्यक्ष राजु उप्रेती, उपाध्यक्ष देवराज धरेल, कांग्रेस नेता हरिराम बुर्लाकोटी, वडाध्यक्ष भिम प्रसाद भट्ट, पूर्व अध्यक्ष भोज बहादुर रिजाल, प्रहरी नायब निरिक्षक भानुभक्त आचार्य लगायत स्थानीयहरुको सहभागिता रहेको थियो । फोटोः दिलिप श्रेष्ठ