सल्यानटार स्थित भुवन-जितेन्द्र स्मृतिपार्कमा वृक्षारोपण

Avatar photo
सन्जु श्रेष्ठ
शुक्रबार, असार १७, २०७९

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ स्थित भुवन जितेन्द्र स्मृतिपार्कमामा शुक्रबार एक विशेष कार्यक्रमका बीच वृक्षारोपण गरिएको छ ।

उक्त वृक्षारोपण कार्यक्रममा गाउँपालिका अध्यक्ष राजु उप्रेती, हरिराम बुर्लाकोटि, पुर्व उपाध्यक्ष देवि पाण्डे, प्रमुख प्रशासकिय अधिकृत इन्द्र खतिवडा, इलाका प्रहरी कार्यलय सल्यानटारको प्रमुख भानुभक्त आचार्य, लगायत सहभागि थिए ।

अध्यक्ष उप्रेतीले भुवन जितेन्द्र स्मृतिपार्क विरुवा रोप्दै एक मत, एक विरुवा रोप्ने कार्यक्रमको सुरु भएको बताएका थिए । पार्कमा चाप, हरो, बरो, अमला, म्याङ्गोस्तिङ, चिउरी, कपुर, करविर, जातको बिरुवा सारिएको छ ।

२०७४ मंसिर १० गते स्थानीइ भुवन पाण्डे र जितेन्द्र अधिकारीको मोटरसाइकल दुर्घटनामा परि असामयिक निधन भएको थियो । पाण्डेको जन्म २०५० साल बैशाख १७ गते भएको थियो भने अधिकारीको २०४२ साउन ५ गते उनीहरुको संझनमा भुवन जितेन्द्र पार्क निमार्ण भएको हो ।