सिद्धलेकबाट राष्ट्रपति रनिङ शिल्डका लागि खेलाडी छनोट

Avatar photo
Dhadingpost
शनिबार, असार १८, २०७९

धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङले यहि असार २० र २१ गते गर्न लागेको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि धादिङको सिद्धलेक गाउँपालिकाले भलिबल तर्फ छात्रा र छात्र भलिबल खेलाडी छनोट गरेको छ ।

जिल्ला भलिबल संघ धादिङका अध्यक्ष तिलक गुरुङले बताए अनुसार सिद्धलेकबाट भलिबल तर्फ छात्रामा रोशनी श्रेष्ठ, दिपा थापा, अस्मिता श्रेष्ठ, सोविता कुमारी ठकुरी, निरुता सुन्दास, कन्चन थापा, सुहाना थापामगर, अमृता थापामगर, सितल थापामगर र अनुपमा थापामगर छनोट भएका छन् । यस्तै छात्र तर्फ सुगम थापा, शितल गुरुङ, प्रविण कुँवर, शम्भु अर्याल, मायाँनाथ खनाल, रोहित थापामगर, सन्जय थापामागर, मनोज थापामगर, अग्जल थापामगर र अर्जुन खनाल छनोट भएका छन् ।

१८ वर्ष मुनिका खेलाडी सहभागि हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एथ्लेष्टिक, कराँते, तेक्वान्दो, उसु, भलिबल र कबड्डी खेलहरु समावेश भएपनि सिद्धलेकबाट आज भलिबलका खेलाडी मात्रै छनोट भएका हुन् । जिल्ला छनोटमा परेका खेलाडीहरु असार २५ गते काठमाडौंमा हुने प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि हुन पाउने जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले बताए ।