बैंकिङ कसुरमा फरार धादिङ नेत्रावती डवजोङका गुरुङ सहित २ जना पक्राउ

Avatar photo
Dhadingpost
शुक्रबार, असार १७, २०७९

धादिङ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकिङ कसुर मुद्दाका फरार धादिङ नेत्रावती डब्जोङका प्रमेबहादुर गुरुङ सहित दुई जना अभियुक्तहरुलाई पक्राउ गरेको छ ।

धादिङका गुरुङ सहित पक्राउ पर्ने अर्को एक जनामा पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टि नगरपालिका-७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका-१ इमाडोल बस्‍ने २८ वर्षीय गौरभ शर्मा छन् ।

उच्च अदालत पाटनको २०७९ वैशाख ५ गतेको फैसलाले शर्मालाई ११ दिन कैद र ५५ लाख जरिवाना सुनाएको थियो भने गुरुङलाई उच्च अदालत पाटनले २०७९ साल वैशाख ४ गते २ दिन कैद र ९ लाख ९० हजार रुपैयाँ जरिवाना सुनाएको थियो । उनीहरुलाई बालुवाटारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।