नलाङको बैरेनी बजारलाई Clean and Green बनाईने

Avatar photo
Dhadingpost
सोमवार, असार १३, २०७९

धादिङ । सिद्धलेक गाउँपालिका १ स्थित नलाङको बैरेनी बजारलाई Clean and Green बनाउन स्थानीयले नै सकृयता देखाएका छन् ।

यसअघि फोहोर व्यवस्थापनको लागि स्थानीय क्लव मार्फत डस्वीन वितरण, सुरक्षाको अनुगमनका लागि सीसी क्यामरा जडान गरेका स्थानीयहरुले भोली असार १४ गते बिहान एक घर एक विरुवा सार्ने तयारी गरेका छन् ।

नलाङ बैरेनी युवा क्लबले नि:शुल्क बिरुवा उपलब्ध गराउने र स्थानीय घरधनीहरुले आफ्नो घर अगाडी आफै विरुवा रोपेर हुर्काउने जिम्मा लिने कार्यक्रम भोली विहान ७ बजे सुरुहुने बताईएको छ ।