धुनिबेसीको बजेट ८८ करोड ५३ लाख

Avatar photo
Dhadingpost
शनिबार, असार ११, २०७९

धादिङ । धादिङको धुनिबेसी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि अनुमानित सार्वजनिक गरेको छ । शुक्रबार सम्पन्न गाउँ सभामा नगर उपाध्यक्ष सुरज उप्रेतीले अनुमानित कुल ८८ करोड ५३ लाख २६ हजार रुपैयाको बजेट विनियोजन गरेका हन् ।

नगरपालिकाका मेयर बालकृष्ण आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गरे लग्गतै उपमेयर उप्रेतीले बजेट सार्वजनिक गरेका थिए ।

गाउँसभाले आर्थिक विकास तर्फ रु. ७ करोड ६० लाख ४५ हजार बजेट विनियोजन गरेको छ । सामाजिक विकास तर्फ रु. २९ करोड ३७ लाख ४४ हजार बजेट विनियोजन गरेको छ । पृर्वाधार विकास तर्फ रु. २९ करोड ८० लाख २५ हजार बजेट विनियोजन गरेको छ । कार्यालय तथा प्रशासनिक तर्फ रु. २० करोड १४ लाख ६२ हजार बजेट विनियोजन गरेको छ । त्यसै गरी सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र तर्फ १ करोड ६० लाख ५० हजारको बजेट विनियोजन विनियोजन गरेको छ ।