गल्छीको आगामी वर्षका लागि ८४ करोड ९२ लाखको बजेट सार्वजनिक

Avatar photo
Dhadingpost
बिहिबार, असार ९, २०७९

धादिङ । धादिङको गल्छी गाउँपालिकाको आज सम्पन्न गाउँसभामा उपाध्यक्ष उपाध्यक्ष भाईकाजी तिवारीले आर्थिक वर्ष २०७९/०८० लागि ८४ करोड ९२ लाख २७ हजारको बजेट सार्वजनिक गरेका छन् ।

गाउँसभामा पालिका अध्यक्ष केदारनथा खतिवडाले नीति तथा कार्यक्रम प्रस्तुत गरे लग्गतै उपाध्यक्ष तिवारीले आगामी आर्थिक बर्षको लागि अनुमानित बजेट सार्वजनिक गरेका थिए ।

गल्छीको गाउँसभाले प्रशासनिक खर्चका लागि १३ करोड ५० लाख, शिक्षा सेवा, स्वस्थ्य सेवा, कृषि शाखा, पशु सेवा तर्फका कर्मचारीहरु तथा शिक्षकहरुको पारिश्रमिक खर्च र विकाससात्मक क्रियाकलापहरुका लागि २० करोड ४५ लाख ५८ हजार बजेट विनियोजन गरेको छ ।

विशेष र समपुरक योजना तथा कार्यक्रमका लागि १२ करोड ८० लाख, विषयगत योजना तथा कार्यक्रमका लागि ११ करोड ४४ लाख ३१ हजार, वडा स्तरिय योजना तथा कार्यक्रमका लागि ६ करोडको बजेट उपाध्यक्ष तिवारी प्रस्तुत गरे ।