राप्रपाद्वारा धादिङबेसीमा प्रर्दशन, मुल्यबृद्धिको विरोध

Avatar photo
Dhadingpost
बुधबार, असार १, २०७९

धादिङ । धादिङबेसीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले मुल्यबृद्धिको विरुद्धमा प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साललाई ज्ञापन पत्र बुझाएको छ ।

राप्रापा धादिङका अध्यक्ष ध्रुवप्रसाद खनालले सरकार जनता प्रति उत्तरदायी बन्न नसकेको, बढ्दो महंगी, भ्रष्टचारले जनजिवन प्रभावित भएकोले तत्काल मुल्यबृद्धि घटाउन प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाईएको धादिङपोष्टलाई बताए ।

ज्ञापन पत्र बुझाउनु अगाडी राप्रपाले धादिङबेसीमा मुल्यवृद्धि फिर्ता गर, संघियता खारेज गर, एमसिसि धोका हो लगायतका नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए ।