पुर्व शिक्षक विद्यार्थीद्वारा बद्री बिशालमा छात्रवृत्ति

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ २९, २०७९

धादिङ । आफु पढेकाे वा आफुले पढाएको विद्यालयकाे विकास, सम्वृद्धि र शिक्षाको गुणस्तरको लागि आफ्नो तर्फबाट केहि न केहि गराै भन्ने सकारात्मक साेचका साथ बद्री विशाल मावि भु. पु शिक्षक तथा विद्यार्थी मन्चद्वारा स्थापित अक्षयकोष २०७६ बाट प्राप्त ब्याज रू ३२,००० विद्यालयको कक्षा १ देखि १२ कक्षा सम्मको १६ जना विद्यार्थीहरूलाई रू २००० का दरले छात्रावृत्रि स्वरुप हस्तान्तरण गरिएको छ।

ऊक्त कार्यक्रम स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजिवी, राजनितिक दलका प्रतिनिधि, शिक्षक अविभाबक संघ, बिध्यालय ब्यबस्थापन समिति लगाएतको उपस्थितिमा आयोजना गरिएको हो ।

असहाय र जेहेन्दार बालबालिकाको अध्ययनमा सहयाेग गर्ने, खेलकुद अतिरिक्त क्रियाकलापमा सहकार्य गर्ने, शैक्षिक गुणस्तर विकासमा हातमा हात मिलाएर बद्री विशालकाे समग्र बिकासको लागि अक्षयकोषको स्थापना गरिएको मन्चले जनाएकाे छ । मन्चले बिगतमा पनि यस्तै धेरै गतिविधि गर्दै आएको र भबिष्यमा पनि आवश्यकता अनुसार सहयोगी भुमिका खेल्दै जाने अध्यक्ष कृष्ण अधिकारीले बताए ।

अक्षयकोषमा पूर्व शिक्षक तथा विद्यार्थीहरूबाट सहयोग संकलन गरीएको हो । हाल सम्म कोषमा (४,९४,१३२) संकलन भैसकेको छ भने जोडिने क्रम अझै जारी भएको कुरा कोषका कोषाध्यक्ष गोपाल श्रेष्ठले बताए । ऊक्त कार्यक्रममा कोष स्थापनाको लागि सहयोग गर्नुहुने सम्पूर्ण भुत पुर्व शिक्षक तथा बिध्यार्थीहरूलाई मन्चले धन्यवाद ज्ञापन समेत गरेको छ ।

मन्चले कार्यक्रममा स्थानीय निर्वाचन २०७९ मा गंगाजमुना ७ नं वडाको अध्यक्षको ऊमेदवार बद्री विशालका पुर्व बिध्यार्थी रबिन अधिकारी निर्वाचित भएकोमा अध्यक्ष लगाएत सबै जनप्रतिनिधिहरूलाई बधाई तथा सम्मान समेत गरेको थियो ।