धादिङका रुपक परियार सम्मानित

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ २९, २०७९

धादिङ । स्वरका धनी धादिङका रुपक परियार सम्मानित भएका छन् । उनलाई नेकपा एमालेले सम्मान गरेको हो ।

स्थानीय चुनावलाई लक्ष्यित गरेर परियालले सुर्य चिन्ह सबको हात-हातैमा बोलको गित सृजना गर्दै आफ्नै स्वरमा सार्वजनिक गरेका थिए । एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक विशेष कार्यक्रमका बीच उत्कृष्ठ गित आएको र एमालेको प्रचार अभियानमा सहयोग पुगेको भन्दै परियारलाई सम्मान गरेका हुन् ।