सिद्धलेकको पहिलो बैठकका ५ निर्णय, डस्वीन राख्ने देखि विरुवा रोप्ने सम्म

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ २४, २०७९

धादिङ । धादिङको सिद्धलेक गाउँकार्यपालिकाको पहिलो बैठकले खास नयाँ लोकप्रिय निर्णय गर्न नसकेको स्थानीयहरुले गुनासो गरेका छन् । नयाँ जनप्रतिनीधि नयाँ भिजन देखिएला कि भन्ने सोचेका थियौं तर पहिलो बैठकको निर्णयमा त्यस्तो नदेखिएको एक स्थानीयले धादिङपोष्टलाई भने ।

के हन् त ? पहिलो बैठकको निर्णयहरु
१. गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीहरुमा प्रसुतीका लागि भर्ना भई सुत्केरी हुन समस्या भएका गर्भवतीलाई काठमाण्डौँ लानुपरे एम्बुलेन्स भाडा गाउँपालिका तर्फबाट प्रदान गरिने ।

२. च्याडु खोला र फुर्के खोलामा प्रवेशद्वार गेट निर्माण गर्ने
३. पालिकाले बिरुवा व्यवस्था गर्ने गरी एक घर एक फलफुलको बिरुवा रोप्ने
४. नागरिक स्वास्थ्य बीमाको लागी वडा आफैले बीमा कम्पनीसँग सहकार्य गरेर काम तत्काल सुरु गर्ने
५. प्रत्येक चोक र सार्वजनिक ठाउँमा फोहोर व्यवस्थापनको लागि डस्विन राखिने

०७४ सालमा एमालेले जितेको यस पालिका यो पटक कांग्रेस माओवादी र एकीकृत समाजवादीको गठबन्धनले जितेको थियो । अध्यक्षमा कांग्रेसका परशुराम खतिवडा र उपाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार सविता अर्याल विजयी भएका हुन् ।

अध्यक्षमा खतिवडाले ७९५६ मत ल्याई विजयी भएका हुन् भने उनको निकटम प्रतिद्वन्दी एमालेका प्रेमनाथ सिलवालले ६१७१ मत ल्याएका थिए । यस्तै उपाध्यक्ष अर्यालले ७३६२ मत ल्याईन भने निकटम प्रतिद्वन्दी एमाले उम्मेदवार कमला शर्माले ६२१२ मत ल्याएकी थिईन ।

निर्वाचित वडा अध्यक्षहरु
सिद्धलेक १ पेमा लामा माओवादी केन्द्र
सिद्धलेक २ मा सागर गुरुङ कांग्रेस
सिद्धलेक ३ देव पुलामी मगर एमाले
सिद्धलेक ४ झक बहादुर थापा मगर एमाले
सिद्धलेक ५ बुधे घले माओवादी केन्द्र
सिद्धलेक ६ सुरेन्द्र कुमार मगर
सिद्धलेक ७ सानो गिरी कांग्रेस

दलित वा अल्पसंख्यक र महिलाबाट निर्वाचित कार्यपालिका सदस्यहरुमा ६ जना कार्यपालिका सदस्यमा महिला तर्फ एमाले र एकीकृत समाजवादीको गठबन्धनबाट जुना सार्की, भगवती तिवारी, लक्ष्मी थपलिया र प्रेमकुमारी थापामगर र दलित तथा अल्पसंख्याक श्याबहादुर घले र रस्मिता माझी छन् । सिद्धलेक गाउँपालिकाको यस अघिका सम्पूर्ण समाचारहरु पढ्नका लागि यस लिङ्कमा क्लिक गर्नुहोला ।