बालेन्द्र शाहलाई धुनीबेसीका मेयरको जवाफ, माग पुरा अनिमात्रै बन्चरेमा फोहोर

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ २३, २०७९

धादिङ । काठमाडौंको फोहोर व्यवस्थापानको लागि गृहकार्यमा जुटिरहेका मेयर बालेन्द्र शाहले धादिङको धुनीबेसीका जनप्रतिनीधिहरु सँग परामर्श गरेका गरेका छन् । शाहले छलफलमा बन्चरे ल्याण्डफिल्ड साइट संचालनमा सहजिकरण गरिदिन आग्रह गरेका थिए ।

धुनीबेसीमा मेयर बालकृष्ण आचार्यले बन्चरे डम्पिङ साइट नभएर बन्चरे ल्याण्डफिल्ड साइट भएको बताउदै यसको संरचना अनुसार काम काम सम्पन्न नभइ फोहोर राख्न नहुने जवाफ दिएको बताएका थिए ।

छलफलको क्रममा बालेन्द्र शाहले स्थानीयको मागमा आफु गम्भिर भएको र त्यसका लागि आफुलाई केहि समय दिन आग्रह गरेका थिए । उनले अल्पकालिन रुपमा बन्चरेमा आवश्यक संरचना तयार भएपछि फोहोर फाल्न दिन आग्रह गरेका थिए ।

छलफलमा प्रमुख आचार्य सहित उपप्रमुख सुरज उप्रेती, पुर्वउपमेयर निरु खरेल, वडा अध्यक्षहरु मान बहादुर तामाङ, प्रकाश हमाल लगायत सहभागी रहेका थिए ।