सिद्धलेक कार्यपालिकाको चुनाव आज, एकीकृत समाजवादी र एमाले मिल्ने संकेत

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ १८, २०७९

धादिङ । धादिङको सिद्धलेक गाउँपालिकामा बैशाख ३० गते सम्पन्न पालिकाको निर्वाचनमा वडा सम्म नै कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रले गठबन्धन गरि साझा उम्मेदवारी दिएका थिए, तर यो मिलनमा कार्यपालिकाको चुनाव सम्म आईपुग्दा चिसोपन सुरुभएको देखिन्छ । ६ जना कार्यपालिका सदस्यका लागि आज हुने निर्वाचनमा एकीकृत समाजवादी र एमाले मिल्ने संकेत देखिएपछि कांग्रेस र माओवादी सिद्धलेकका नेताहरुले एकीकृत समाजवादीले धोका दिएको बताएका छन् ।

हामी कांग्रेस र माओवादी गठबन्धनका ३ दलले २-२ सदस्य बाँडुम भनेको हो । तर एकीकृत समाजवादी र एमाले बीच ३-३ सदस्य लिने गरि सहमति भएको भन्ने जानकारीमा आएको माओवादी केन्द्रका एक नेतालले बताए । सिद्धलेकको अध्यक्षमा गठबन्धनबाट कांग्रेसका परशु राम खतिवडा विजयी भएका हुन् उनी सँग अहिले कार्यपालिकामा कांग्रेसको २ जना वडा अध्यक्ष र माओवादी केन्द्रको २ जना वडा अध्यक्ष गरी आफु समेत गरि उनी सँग ५ सदस्य छन् ।

गठबन्धनबाट उपाध्यक्ष हात पारेको एकीकृत समाजवादी ३ वडा अध्यक्ष जितेको एमाले सँग निकटता देखिए सँगै अहिले कांग्रेस माओवादी तर्फ ५ जना, एमाले एकीकृत समाजवादी तिर ४ जना देखिएका छन् । ६ सदस्य चयनका लागि हुने निर्वाचनमा एमाले र समाजवादी मिलेर जित्ने र उपाध्यक्ष सहित बहुमत बनाउने कसरतमा एकीकृत समाजवादी रहेको बताईन्छ ।