सानको साधारण सभा सम्पन्न, पुसमा दाश्रो महासभा हुने

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ १६, २०७९

धादिङ । सत्यवती आल्मुनाई एसोसिएन अफ नेपाल (सान) को दोश्रो साधारण सभा सिद्धलेक गाँउपालिकाको नवनिर्वाचित अध्यक्ष परशुराम खतिवडालाई सम्मान गर्दै सम्पन्न भएको छ ।

सानको कार्यकारिणी समिति सदस्य परशुराम खतिवडा हालै सम्मपन्न भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट सिद्धलेक गाँउपालिका अध्यक्षमा निर्वाचित भएकाले कार्यक्रमका प्रमुख अथिती सत्यवती माध्यामिक विद्यालय आदमटारका प्राधानाध्यापक लक्ष्मण शर्मा र सानका अध्यक्ष बद्री सुवेदीले संयुक्तरुपमा सम्मान गरेका हुन् ।

यसै कार्यक्रममा सत्यवती आल्मुनाइ एसोसिएसन अफ नेपालका संस्थापक अध्यक्ष राजेन्द्र कुमार बस्नेतलाई सत्यवती माध्यामिक विद्यालयका पूर्व विद्यार्थीहरुलाई सत्यवती आल्मुनाई एसोसिएन संस्था निमार्ण गरी संस्थागत विकासमा योगदान गरेकाले सम्मान गरिएको छ । यसैगरी सान नेपाल मार्फत मुल सडकदेखि विद्यालय प्रवेशद्वार सम्मको बाटो पक्की बनाउन सहयोग गर्नेहरुलाई समेत सम्मान गरिएको छ ।

संस्थाका अध्यक्ष बद्री सुवेदीले संस्थाले गरेको कामको प्रगति प्रतिवेदन र आथिक प्रतिवेदनका साथै प्रस्तावित कार्यक्रम प्रस्तुत गरका थिए । आगामी पुसमा दाश्रो महासभा गर्ने, विद्यालयमा स्वर्ण स्तम्भ निमार्ण गर्ने, विपन्न विद्यार्थीहरुलाई छात्रवृद्धि प्रदान गर्ने र पूर्व विद्यार्थीहरुलाई सानमा आवद्ध गराउने कार्यक्रम योजना रहेको बताए ।

सम्मान ग्रहण पश्चात अध्यक्ष खतिवडाले आफुले गाँउपालिकालाई सुशासनको केन्द्र बनाउने र जनचाहना अनुसार काम गर्ने बताए । २० यूनिटसम्मको विल गाँउपालिकाले तिर्ने निर्णय गरेकाले साउन महिनादेखि कार्यक्रम शुरु हुनेसमेत बताए । सिद्धलेक सम्वृद्ध बनाउन सवैसंग समन्वय गरे काम गर्ने र सान नेपाललाई कानूनको अधिनमा रहित सहयोग गर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथी शर्माले कार्यकारिणी समिति सदस्य गाँउपालिकाको अध्यक्ष निर्वाचित हुन सानको शान र पूर्व विद्यार्थी अध्यक्ष हुन सत्यवतीको पनि शान भएको बताउदै बधाई ज्ञापन गरे । परशुराम आफैमा शालिन व्यक्ति भएकाले सिद्धलेकको विकासमा पनि शालिनता प्रस्तुत गरेर इतिहास रच्न शुभकामना दिनु भयो ।

सत्यवती माविले आगामी सत्रबाट विज्ञान संकाय शुरु गर्दै छन् । यस अघि कृषि, शिक्षा र व्यवस्थापन संकाय अध्यापन गराउदै आएको पनि जानकारी दिनु भयो । पूर्व विद्यार्थीहरुले विद्यालयलाई गर्न सक्ने थुप्रै परियोजना रहेको फेरिस्त प्रस्तुत गर्नु भयो । सान नेपालको दोश्रो साधारण सभा काठमाण्डौ बुढानीलकण्ठ स्थित तपेश रिसोर्टमा सम्पन्न गरिएको थियो । रिसोर्ट सञ्चालन सरोज खनाल सत्यवति माविका पूर्व विद्यार्थी समेत हुन ।