धादिङका हिमाल घलेको “कदमैको छायाँ” सार्वजनिक

Avatar photo
Dhadingpost
जेष्ठ १०, २०७९

धादिङ । धादिङका हिमाल घले लोक संस्कृति मन पराउने जो कोहिले चिन्ने नाम हो । उत्कृष्ट स्वरका धनी घलले पछिल्लो पटक “कदमैको छायाँ” सार्वजनिक गरेका छन् । शुष्मा म्युजिक प्रालिको ब्यानरमा तयार भएको यस गीतमा हिमाल घले र समिक्षा अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ ।

गीतमा हिमाल घलेको मौलिक लय तथा रमेश बि जी को शब्द रहेको छ । हिमालका यस भन्दा अगाडी पनि थुप्रै सिर्जनाहरु बजारमा आइसकेका छन् । उनले आफ्ना सृजनाहरु बाट मौलिकताको स्वाद नै प्रस्तुत गर्ने गरेका छन् ।
“कदमैको छायाँ” बोलको गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा सुधिर श्रेष्ठ र अश्विनी शाहीको अभिनय देख्न सकिन्छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन प्रकाश भट्टले गरेका हुन् भने छायांकन नवराज उप्रेती र सम्पादन बिष्णु शर्माले गरेका छन् ।

यस अघि हिमाल घले र बाग्लुङ निवासी अमृता नेपालीको स्वरमा ‘गामबेसी‘’, मनमायाँ वाइवाको सहयोगमा भाले मजुर, लगायतका गितहरु बजारमा ल्याएका थिए ।