धादिङको समन्वय प्रमुखमा कांग्रेस र माओवादीको आ-आफ्नै दावी

Avatar photo
नारायण सिलवाल
सोमवार, जेष्ठ ९, २०७९

धादिङ । स्थानीय तहको निर्वाचन सकिए सँगै अब जिल्ला समन्वय समितिको प्रमुख उप प्रमुख कल्ले लिने भन्ने बारे गठबन्धन दल भित्र बहस सुरु भएको छ । माओवादी केन्द्रले गठबन्धनको जिल्ला स्तरीय संयन्त्रले माओवादीलाई दिने निर्णय गरिसकेको बताएको छ भने कांग्रेसले त्यो सहमति माओवादीले नै लत्याएकोले कार्यान्वयन नहुने बताएको छ ।

धादिङपोष्ट सँग कुराकानी गर्दै नेपाली कांग्रेसका सभापति रामनाथ अधिकारीले गठबन्धनले गरेको सहमति अनुसार दावी गर्नेले नेत्रावती डवजोङ कांग्रेसलाई दिने भन्ने चाहि मान्नु पर्देन ? किन आफ्नै प्रमुख उठाएको ? त्यसैले त्यो सहमतिको औंचित्य सकिसकेको छ, अब फेरि गठबन्धनको बैठक बसेर नयाँ निर्णय हुन्छ, समन्वय प्रमुखको अध्यक्षको दावी कांग्रेसले छाड्दैन, अधिकारीले बताए ।

यस्तै माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारीले समन्वयको प्रमुख माओवादीले पाउनेमा बहस गर्न जरुरी नभएको बताए । गठबन्धन प्रदेश र संघको निर्वाचन सम्म जान्छ ।त्यसैले भद्र हैन लिखित सहमति भएको कुरा कांग्रेसले कार्यान्वयन गरेर जानेमा आफु ढुक्क रहेको बताए ।

सत्ता गठबन्धन जिल्ला स्तरीय संयन्त्रले स्थानीय तहको निर्वाचनका साझा उम्मेदवार बनाउने सहमति बैशाख ११ गतेको बैठकले गरेको थियो । उक्त बैठकले कांग्रेसले ८ पालिका अध्यक्ष र ४ उपाध्यक्ष लिने, माओवादीले समन्वयको अध्यक्ष र ३ पालिका अध्यक्ष र ६ उपाध्यक्ष लिन र एकीकृत समाजवादीले समन्वय समितिको उपाध्यक्ष सहित २ पालिका अध्यक्ष र ४ पालिका उपाध्यक्ष लिने लिखित सहमति गरेका थिए ।

यस्तो थियो सहमति

धादिङको १३ वटै स्थानीय तहमा निर्वाचित प्रमुख, को नामावली
नीलकण्ठ नगरपालिका
मेयर : भीमप्रसाद ढुंगाना (नेपाली कांग्रेस)
उपमयेर : दिपक विश्वकर्मा (नेकपा माओवादी केन्द्र)
धुनीबेसी नगरपालिका
मेयर : बालकृष्ण आचार्य (नेकपा एकिकृत समाजवादी)
उपमेयर : सुरज उप्रेती (नेपाली कांग्रेस)
थाक्रे गाउँपालिका
अध्यक्ष : रामकुमार आचार्य (नेकपा एमाले)
उपाध्यक्ष यन्त्रबहादुर थापा (नेकपा माओवादी केन्द्र)
गल्छी गाउँपालिका
अध्यक्ष : केदारनाथ खतिवडा (नेकपा एमाले)
उपाध्यक्ष : भाईकाजी तिवारी (नेपाली कांग्रेस)
गजुरी गाउँपालिका
अध्यक्ष : गणेशलाल श्रेष्ठ (नेकपा माओवादी केन्द्र)
उपाध्यक्ष : शर्मिला विसुराल (नेपाली कांग्रेस)
बेनिघाट रोराङ गाउँपालिका
अध्यक्ष : कृष्णबहादुर थपलिया (नेकपा माओवादी केन्द्र)
उपाध्यक्ष : टापबहादुर श्रेष्ठ (नेकपा एकिकृत समाजवादी)
सिद्धलेक गाउँपालिका
अध्यक्ष : परशुराम खतिवडा (नेपाली कांग्रेस)
उपाध्यक्ष : सविता अर्याल (नेकपा एकिकृत समाजवादी)
ज्वालामुखी गाउँपालिका
अध्यक्ष : यामनाथ दनै (नेपाली कांग्रेस)
उपाध्यक्ष : धर्मबहादुर अर्याल (नेकपा एकिकृत समाजवादी)
त्रिपुरासुन्दरी गाउँपालिका
अध्यक्ष : राजु उप्रेती (नेपाली कांग्रेस)
उपाध्यक्ष : देवराज धरेल (नेकपा माओवादी केन्द्र)
नेत्रावती डबजोङ गाउँपालिका
अध्यक्ष : मेघनाथ रिजाल (नेपाली कांग्रेस)
उपाध्यक्ष : सीतामाया गुरुङ (नेपाली कांग्रेस)
गङ्गाजमुना गाउँपालिका
अध्यक्ष : भक्तबहादुर लामा (नेपाली कांग्रेस)
उपाध्यक्ष : रामेश्वर सिम्खडा (नेकपा माओवादी केन्द्र)
खनियाबास गाउँपालिका
अध्यक्ष : रणबहादुर तामाङ (नेपाली कांग्रेस)
उपाध्यक्ष : सेकेमान तामाङ (नेकपा माओवादी केन्द्र)
रुविभ्याली गाउँपालिका
अध्यक्ष : रामसिंह तामाङ (नेकपा माओवादी केन्द्र)
उपाध्यक्ष : फे लामा तामाङ (नेपाली कांग्रेस)

वडा अध्यक्षमा विजयी हुनेहरुको सूचि यस प्रकार छ
कांग्रेस वडा तर्फ विजयी ३६
नीलकण्ठ ६ भूपेन्द्र श्रेष्ठ कांग्रेस
नीलकण्ठ ७ गौतम हरि अधिकारी, कांग्रेस
नीलकण्ठ ९ राजन बराइली, कांग्रेस
नीलकण्ठ १० सरोज पाण्डे, कांग्रेस
नीलकण्ठ ११ रामबहादुर श्रेष्ठ कांग्रेस
नीलकण्ठ १२ मा राजकुमार भण्डारी, कांग्रेस
नीलकण्ठ १३ सोम बहादुर गुरुङ, कांग्रेस
नेत्रावती डबजोङ १ ठाकुर गुरुङ, कांग्रेस
नेत्रावती डब्जोङ २ मिनबहादुर तामाङ, कांग्रेस
नेत्रावती डवजोङ ५ मा हरि अधिकारी, कांग्रेस
नेत्रावती डब्जोङ ३ मा सुरेश गुरुङ, कांग्रेस
खनियाबास ४ लिलामान तामाङ, कांग्रेस
धुनीबेसी ३ मा प्रकाश हमाल कांग्रेस
धुनिवेशी ७ यदुनाथ पाठक कांग्रेस
धुनीबेसी ९ मा माधव प्रसाद सिलवाल कांग्रेस
बेनीघाट रोराङ १ जीवन सिं तामाङ, कांग्रेस
बेनीघाट रोराङ १० विकास प्रजा, कांग्रेस
गजुरी २ मा द्रोण कडेल, कांग्रेस
गजुरी ३ ऋषिलाल श्रेष्ठ, कांग्रेस
गजुरी ४ सुरेन्द्र चेपाङ, कांग्रेस
सिद्धलेक २ मा सागर गुरुङ कांग्रेस
सिद्धलेक ७ सानो गिरी कांग्रेस
गंगाजमुना २ बल बहादुर तामाङ कांग्रेस
गंगाजमुना ३ राज कुमार गुरुङ कांग्रेस
गल्छी ४ राजु अधिकारी, कांग्रेस
गल्छी ६ दिपक कार्की, कांग्रेस
गल्छी ८ विशाल लुङ्गेली मगर, कांग्रेस
ज्वालामुखी २ राजु लोप्पा, कांग्रेस
ज्वालामुखी ३ उमेश श्रेष्ठग, कांग्रेस
ज्वालामुखी ५ टंक प्रसाद काप्री, कांग्रेस
ज्वालामुखी ६ किशोर सेढाई, कांग्रेस
ज्वालामुखी ७ ज्ञानेन्द्रक प्रसाद खकुराल, कांग्रेस
त्रिपुरासुन्दरी १ भिम प्रसाद भट्ट, कांग्रेस
रुबीभ्याली १ पम्वार तामाङ, नेपाली कांग्रेस
रुबीभ्याली ५ रम्ब तामाङ, नेपाली कांग्रेस
थाक्रे ११ शुदर्शन पाण्डे कांग्रेस

माओवादी केन्द्र वडा तर्फ विजयी ३२
नीलकण्ठ १ गणेशबहादुर गुरुङ, माओवादी केन्द्र
नीलकण्ठ २ मा ध्वजबहादुर गुरुङ, माओवादी केन्द्र
नीलकण्ठ ५ रामबहादुर श्रेष्ठ, माओवादी केन्द्र
नीलकण्ठ १४ नमराज दुवाडी माओवादी केन्द्र
धुनीबेसी १ मानबहादुर तामाङ माओवादी केन्द्र
धुनीबेसी ६ मा रमेश आचार्य माओवादी केन्द्र
धुनीबेसी ८ मा रामकृष्ण रेग्मी माओवादी केन्द्र
बेनीघाट रोराङ २ हेमराज भुजेल, माओवादी केन्द्र
बेनीघाट रोराङ ४ मा राजु बहादुर मगर, माओवादी केन्द्र
बेनीघाट रोराङ ५ शिव सिल्वाल, माओवादी केन्द्र
बेनीघाट रोराङ ६ मा टेकनाथ सिल्वाल, माओवादी केन्द्र
बेनीघाट रोराङ ७ मा कुमार बस्नेत, माओवादी केन्द्र
बेनीघाटरोराङ ८ राजकुमार श्रेष्ठ, माओवादी केन्द्र
गजुरी १ मा तारा भण्डारी, माओवादी केन्द्र
गजुरी ५ मा गोबिन्द लामिछाने, माओवादी केन्द्र
गजुरी ६ भक्त ब तामाङ, माओवादी केन्द्र
गजुरी ७ मा बद्री जम्कट्टेल, माओवादी केन्द्र
गजुरी ८ देवराज ओझा, माओवादी केन्द्र
सिद्धलेक १ पेमा लामा माओवादी केन्द्र
सिद्धलेक ५ बुधे घले माओवादी केन्द्र
गंगाजमुना १ बहादुर तामाङ माओवादी केन्द्र
गंगाजमुना ५ कुमार बहादुर अधिकारी माओवादी केन्द्र
गल्छी ३ राजन भुजेल, माओवादी केन्द्र
गल्छी ५ सरोज तामाङ, माओवादी केन्द्र
त्रिपुरासुन्दरी ४ कपिल देव सिंखडा, माओवादी केन्द्र
त्रिपुरासुन्दरी ५ कुश बहादुर सिटौला, माओवादी केन्द्र
त्रिपुरासुन्दरी ६ हरि विश्वकर्मा, माओवादी केन्द्र
त्रिपुरासुन्दरी ७ सुवास अधिकारी, दर्पण माओवादी केन्द्र
थाक्रे २ टिकाराम तामाङ माओवादी केन्द्र
थाक्रे ३ विजय तामाङ माओवादी केन्द्र
थाक्रे ४ आसा राम तामाङ माओवादी केन्द्र
थाक्रे ६ हिरा बहादुर थापा माओवादी केन्द्र

एमाले वडा तर्फ विजयी २१
नीलकण्ठ ४ मा हरि बहादुर, श्रेष्ठ एमाले
बेनीघाट रोराङ ३ मा भुवन, त्रिपाठी एमाले
बेनीघाट रोराङ ९ मा देवीबहादुर, खड्का एमाले
सिद्धलेक ३ देव पुलामी मगर एमाले
सिद्धलेक ४ झक बहादुर थापा मगर एमाले
सिद्धलेक ६ सुरेन्द्र कुमार मगर एमाले
गंगाजमुना ६ रमेश ढकाल एमाले
गल्छी १ यदुकुमार खतिवडा, एमाले
गल्छी २ षडानन्द खनाल, एमाले
गल्छी ७ हरिप्रसाद खतिवडा, एमाले
ज्वालामुखी १ कृष्ण गिरी, एमाले
त्रिपुरासुन्दरी२ कृष्ण बहादुर खत्री, एमाले
त्रिपुरासुन्दरी ३ कमल बहादुर थापा, एमाले
नेत्रावती ४ मा तिल बहादुर गुरुङ, एमाले
खनियाबास ५ मा रविन तामाङ, एमाले
गंगाजमुना ४ प्रेम बहादुर एमाले
थाक्रे १ श्याम सुन्दर थापा एमाले
थाक्रे ५ सन्तश बहादुर तामाङ एमाले
थाक्रे ७ युवराज खतिवडा एमाले
थाक्रे ९ श्याम चन्द्र आचार्य एमाले
थाक्रे १० गोकुल प्रसाद लामिछाने एमाले

एकीकृत समाजवादी वडा तर्फ विजयी ६
धुनीबेसी २ मा लक्ष्यजित तामाङ एकीकृत समाजवादी
धुनीबेसी ४ हरि सुवेदी विजयी एकीकृत समाजवादी
गंगाजमुना ७ रविन अधिकारी एकीकृत समाजवादी
रुबीभ्याली २ रुप्पा घले, नेकपा एकीकृत समाजवादी
रुबीभ्याली ६ समीर गुरुङ, नेकपा एकीकृत समाजवादी
थाक्रे ८ प्रेम कुमार थापा एकीकृत समाजवादी

स्वतन्त्र ४ वडा तर्फ विजयी
नीलकण्ठ ३ राजकुमार श्रेष्ठ, स्वतन्त्र
नीलकण्ठ ८ प्रकाश कुमार श्रेष्ठ, स्वतन्त्र
धुनीबेसी ५ मा विशाल भट्टराई स्वतन्त्र
ज्वालामुखी ४ कृष्ण बहादुर गुरुङ्ग स्वतन्त्र

राप्रपा ४ वडा तर्फ विजयी
रुबीभ्याली ४ प्रशान्त तामाङ, राप्रपा
खनियाबास १ सोनामबहादुर तामाङ, राप्रपा
खनियाबास २ अरुण कुमार पाख्रीन, राप्रपा
खनियाबास ३ मा कमान सिङ तामाङ, राप्रपा
जासपा १ वडा तर्फ विजयी
रुबीभ्याली ३ फेदोर्जे तामाङ, जासपा