बालमन्दिरमा विद्यार्थीको आँखा परिक्षण तथा सेनेटरी प्याड वितरण

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ ८, २०७९

धादिङ । धादिङबेसी स्थित बालमन्दिर माविमा विद्यार्थीको आँखा परिक्षण तथा कक्षा ६ देखि १० सम्मका छात्राहरुलाई सेनेटरी प्याड वितरण गरिएको छ । जिल्ला सामुदायीक आँखा केन्द्रको विद्यालय छात्र छात्राहरुको आँखा चेक जाँच कार्यक्रम अन्तरगत आज बालमन्दिरका विद्यार्थीको आँखा परिक्षण गरिएको आँखा केन्द्र धादिङका इन्चार्ज रामसिंह तामाङले बताए ।

उक्त शिविरमा २१४ जना विद्यार्थीहरुको आँखा परिक्षण गरिएको थियो भने बसन्त फाउण्डेसनले शिविरमा सहभागि कक्षा ६ देखि १० सम्मका ३०५ जना छात्रा विद्यार्थीहरुलाई सेनेटरी प्याड वितरण गरेको विद्यालयले जनाएको छ ।