गंगजमुनाको प्रमुखमा कांग्रेसका लामा र माओवादीका सिंखडा विजयी

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ ५, २०७९

धादिङ । गंगजमुना गाउँपालिकाको प्रमुखमा भक्त लामा र उप प्रमुखमा माओवादीका रामेशवर सिंखडा विजयी भएका छन् । दुबै गठबन्धनका साझा उम्मेदवार हुन् ।

गठबन्धनको जिल्ला संयन्त्रले यस पालिकाको प्रमुख कांग्रेस र उप प्रमुख एकीकृत समाजवादी पाउने सहमति गरे पनि स्थानीय स्तरमा कांग्रेस र एमाले मिल्ने निर्णय गर्दै जित हात पारेका हुन् ।

प्रमुखमा बिजयी लामाले ६ हजार दुइ सय ६२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले भक्तबहादुर लामिछानेले चार हजार ५० मत ल्याए । त्यस्तै गाउँपालिका उप प्रमुखमा माओवादी केन्द्रका रामेश्वर सिंखडाले पाँच हजार ३८ मत ल्याउदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी एञ्जिला तामाङले चार हजार एक सय ९६ मत प्राप्त गरेकी छिन् ।

निर्वाचित वडा अध्यक्षहरु
गंगाजमुना १ मा बहादुर तामाङ माओवादी केन्द्र
गंगाजमुना २ मा बलबहादुर तामाङ कांग्रेस
गंगाजमुना ३ मा राजकुमार गुरुङ कांग्रेस
गंगाजमुना ४ मा प्रेम घले नेकपा एमालेका
गंगाजमुना ५ मा कुमार बहादुर अधिकारी माओवादी केन्द्र
गंगाजमुना ६ मा रमेश ढकाल नेकपा एमालेका
गंगाजमुना ७ मा रविन अधिकारी एकीकृत समाजवादी