खनियाबासमा ६३८१ मत खस्यो

Avatar photo
Dhadingpost
शनिबार, बैशाख ३१, २०७९

धादिङ । धादिङको खनियाबास गाउँपालिका ६ हजार ३ सय ८१ मत खसेको छ । जम्मा मतदाता ९,७१९ जना रहेको यस गाउँपालिकामा ६,३८१ मत खसेको हो ।

खनियाबास १ मा १,२०७ जना मतदाता रहेकोमा ८२६ मत खसेको छ, २ मा १,६९५ जनामतदाता रहेकोमा १,१४३ मत खसेको छ, ३ मा २,३०२ जना मतदाता रहेकोमा १,६४४ मत खसेको छ, ४ मा १,९६२ जना मतदाता रहेकोमा १,१९३ मत खसेको छ, ५ मा २,५६२ जना मतदात रहेकोमा १,५ ७५ मत खसेको छ ।

खनियाबासको अध्यक्षका लागि गठबन्धनको तर्फबाट रणबहादुर तामाङ एमालेको तर्फबाट इमान तामाङ, स्वतन्त्रबाट फुलबहादुर तामाङ र राप्रपाका उम्मेदवार विष्णुमान घलेबीच कडा प्रतिपर्धा हुने आँकलन गरिएको छ ।