
धादिङ । स्थानीय तहको निर्वाचन आउन अब ६ दिन बाँकी छ । यस सन्दर्भमा मतदाता भेटघाट गर्दै नेकपा एमालेका उम्मेदवारहरु गाउँ गाउँ मतदाता भेट्न व्यस बनि रहेको एमाले धादिङको प्रचार शाखाले प्रकाशित सौर्य इ बुलेटिनले जनाएको छ ।
सौर्य इ बुलेटिनले दिएको जनकारी अनुसार नेकपा एमाले रुबीभ्याली गाउँपालिका नेताहरु आज लापा ठूलो गाउँ पुगेर सुर्य चिन्हमा छाप लगाउन अनुरोध गरेका छन् । गाउँपालिका अध्यक्ष उम्मेदवार बिचा तामाङ, उपाध्यक्ष रुसमाया तामाङ सहितको एमाले कार्याकताहरुको टोली कपुरगाउँ, लाप्चेत, कुप्चेतमा घरदैलो गरे ।
घरदैलोमा पुगेका एमाले उम्मेदवारहरुलाई गाउँबासीले गाउँमा सडक पहुँच बनाउन, खानेपानी व्यवस्थापन गर्न, विद्यालयलाई अंग्रेजी माध्याममा लैजान, गाउँको नगदेबालीलाई बजारसम्मको पहुँच बनाउन माग गरेका थिए भने आफूहरु निर्वाचित भएमा गाउँबासीको मागको आधारमा योजना बनाएर काम गर्ने एमाले उम्मेदवारहरुले प्रतिवद्धता जनाएका थिए ।
गल्छी गाउँपालिकाको सबै वडामा घरदैलो कार्यक्रम संचालन भइरहेको छ । ८ नम्बर वडामा गाउँगाउँ पुगेका एमाले वडा अध्यक्ष उम्मेदवार हरी खतिवडाको टिमलाई गाउँबासीले टिका लगाउँदै दही खुवाएर स्वागत गरेका थिए । गाउँको विकासका लागि युवाको अवस्यकता रहेको गाउँ बासीको भनाइ छ ।
नेकपा एमालेले मतदाता भेटघाटको क्रममा आज निलकण्ठ नगरपालिका वडा नम्बर ७ को विभिन्न स्थानहरुमा घरदैलो गरेको छ । नगरपालिका मेयरका उम्मेदवार गंगादेबि श्रेष्ठ, उपमेयरका उम्मेदवार फन्द्रा तामाङ, वडा अध्यक्ष उम्मेदवार इश्वरी प्रसाद अधिकारी लगायतको सहभागिता रहेको छ । मतदाता भेटघाट पछि पिपलछापमा कोषण सभा गरेका थिए ।
सिद्धलेक गाउँपालिकाको वडा नम्बर १ मा मतदाता भेटघाट पछि उत्साहपूर्ण रुपमा सभा आयोजना गरिएको छ । गाउँपालिका अध्यक्ष उम्मेदवार प्रेम सिलवाल, उपाध्यक्ष उम्मेदवार कमला शर्मा, वडा अध्यक्ष उम्मेदवार इश्वर सिलवालले सभालाई सम्बोधन गर्दै सुर्य चिन्हमा मतदान गर्न आग्रह गरेका थिए ।
त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कमला रानाको पक्षमा उत्साहपूर्ण लहर देखिएको एमालेले दावी गरेको छ । एमाले त्रिपुरासुन्दरीका अनुसार नेकपा एमालेले महिलालाई वडा अध्यक्षमा उठाएका कारण गाउँका महिलाहरुले उनलाई जिताउनका लागि सामुहिक अभियान सुरु गरेका छन् ।
महिलाले नेतृत्व गर्दा वडालाई नमुना बनाउने प्रतिवद्धता व्यक्ति गर्दै अरुको तुलनामा सबै विषयमा अब्बल बनाउन आफू लग्ने उम्मेदवार रानाले कोणसभामा बताएकी थिईन । महिलाले केही गर्न सक्दैन भन्ने विक्षीहरुको आरोपको खण्डन गर्दै उम्मेदवार कमला रानाले महिलामाथी हुने हिंसाको अन्त्य गर्न विषेश कार्यक्रमहरु गर्ने, विकासका लागि स्थानीय सरकारमा योजना बनाएर लागु गर्ने, स्वास्थ्य चौकी र विद्यालय निर्माण गर्ने जस्ता योजना पुरा गरेर छाड्ने बताईन् ।
नेकपा एमालेले संचालन गरिरहेको घर दैलो कार्यक्रम अन्तरगत आज वडा नम्बर ५ को मेडिकल चोक, वडा नम्बर ६ को गोलाभन्जयङ, वडा नम्बर ७ को अचनेटारमा कोणसभाहरु आयोजना गरिएको एमाले त्रिपवुरा सुन्दरीले जनाएको छ ।
कोणसभालाई त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष उम्मेदवार उमेश थापा, उपाध्यक्ष उम्मेदवारसंगिता कुमाल, नेकपा एमाले प्रदेश कमिटि सदस्यहरु शम्भु थापा र रामहरी अधिकारीले सम्बोधन गर्दै विकास एमालेको पालिकाको नेतृत्वले मात्र गर्न सक्ने भएकोले एमालेलाई जिताउन आग्रह गरेको बताईएको छ ।
थाक्रेमा आज मओवादी र कांग्रेस कार्यकर्ताहरु एमालेमा प्रवेस गरेको गोविन्द सुवेदीले बताएका छन् । उनका अनुसार थाक्रे गाउँपालिका वडा नम्बर ११ मा नेकपा ओवादी केन्द्र परित्याग गरि सो पार्टीका स्थानीय नेता नविन लुइँटेल र नेपाली काँग्रेस परित्याग गरि नेपाली काँग्रेसका नेता प्रताप तामाङ सहित एमालेमा प्रवेश गरेका थिए ।




