मतदाता प्रशिक्षणको लागि खनियाबास पुगे प्रदेश सांसद सिंखडा

Avatar photo
Dhadingpost
शनिबार, बैशाख २४, २०७९

धादिङ । मतदाता शिक्षा पहिलो प्रथामिकता बताउँदै आएका बागमती प्रदेशका प्रदेश सांसद जगत सिंखडा मतदाता प्रशिक्षणको लागि त्रिपुरासुन्दरी पछि खनियाबासको कलाङम्रङ पुगेका छन् ।

बिहानै खनियाबासको कलाङम्रङ पुगेका सांसद सिंखडाले गठबन्धनका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिँदै गठबन्धन बने सँगै फरक फरक चिन्हमा मतदान गर्नुपर्ने भएको हुँदा घर दैलो अभियानमा भोट माग्नुका साथै मत पत्रमा कुन कुन चिन्हमा छाप लगाउनु पर्ने हो सिकाउन भुल्न नहुने बताएका छन् ।

गठबन्धनले चुनाव जित्छ त भन्दै आएका छौं, मतदाताले कुन कुन चिन्हमा भोट हाले बदर हुन्न र गठबन्धनले जित्छ भन्ने कुरा त थाहा पाउनु पर्यो नि । घर दैलो गर्दा मतदाता शिक्षा दिन भुल्न नहुने सिंखडाले बताएका छन् ।