
धादिङ । बैशाख ३० गते हुने स्थाीय तह चिर्वाचनका लागि नेकपा एमालेका उम्मेदवारहरु मतदाताको दैलो दैलोमा पुगेका छन् । सात सुर्य, सातै छापको नारा लिएर धादिङको १३ वटै पालिका विभिन्न बस्तीहरुमा आज विहा नै देखि एमालेका उम्मेदवारहरु पुगेका छन् ।
विगतमा नेकपा एमालेको सरकारले तयार गरेको समृद्ध नेपाल सुखी नेपालीको सपनालाई पुरा गर्न, राष्ट्रियता र राष्ट्रिय एकतालाई अझ बलियो बनाउन र समाजवाद उन्मुख समता मुलक समाज निमार्ण गर्न नेकपा एमालेका उम्मेदवारहरुले जित्नु पर्ने उनीहरुले मतदाताहरुलाई बताउने गरेका छन् ।
गंगाजमुना गाउँपालिका
गंगाजमुना गाउँपालिकाको अध्यक्षका उम्मेदवार भक्त बहादुर लामिछाने, उपाध्यक्षका उम्मेदवार एन्जिला तामाङ र वडा अध्यक्षका उम्मेदवारहरुले आज गंगाजमुना गाउँपालिका वडा नम्बर २ रि तावलमा आमसभालाई सम्बोधन गरेका छन् । करिब पाँच सय जना जति उपस्थित रहेको उक्त सभामा अध्यक्षका उम्मेदवार भक्तबहादुर लामिछाने, उपाध्यक्षका उम्मेदवार एन्जिला तामाङले एमालेका उम्मेदवारहरुलाई जिताउन आग्रह गरेका थिए ।
नीलकण्ठनगरपालिका
नीलकण्ठ नगरपालिकाको मेयरका उम्मेदवार गंगा देवीश्रेष्ठ र उपमेयरका उम्मेदवार फन्द्रा तामाङले नीलकण्ठ नगरपालिका वडा नम्बर २ को भुल्भुले, तिनघरे, बलिडाडाँ, सिम्ले र चिसापानीमा कोणसभालाई सम्बोधन गरेका छन् । उनीहरुले कोणसभामा नीलकण्ठ नगरपालिकालाई उत्कृष्ट नगरपालिका बनाउन नेकपा एमालेको प्रतिवद्धताहरु सार्वजनिक गरेका थिए । सभामा नेकपा एमाले बागमती प्रदेश सदस्य तथा बागमती प्रदेश सांसद डा. रामकुमार अधिकारी र नेकपा एमाले जिल्ला कमिटि धादिङका सचिव अर्जुन श्रेष्ठको आतिथ्यता रहेको थियो ।

नेत्रावती डबजोङ गाउँपालिका
नेत्रावति डबजोङ गाउँपालिकाका अध्यक्षका उम्मेदवार सुर्वण रिमाल र उपाध्यक्षका उम्मेदवार बिना कुमारी मम्पाले नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ३ सेमजोङमा भएको कोणसभालाई सम्बोधन गरे । धुनिवेशीनगरपालिकाको मेयरका उम्मेदवार रामराजा पाण्डे र उपमेयरका उम्मेदवार मन्दिरा श्रेष्ठले धुनिवेशी नगरपालिका वडा नम्बर ९ को विभिन्न ठाउँमा घरदैलो तथा मतदाता भेटघाट गरेका छन् ।
गल्छी गाउँपालिका
गल्छी गाउँपालिकाका उम्मेदवारहरुले आआफ्नो वडा वडामा घरदैलो तथा मतदाता भेटघाट गरेको गलछी एमालेले जनाएको छ । गाउँपालिका अध्यक्षका उम्मेदवार केदार खतिवडा, उपाध्यक्ष राधा तिमल्सीनाको नेतृत्वमा वडा नम्बर ५ को पाल्चोक क्षेत्रमा घरदैलो भएको बताईएको छ ।
धुनीबेसीन गरपालिका
धुनिबेसी नगरपालिका वडा नम्बर ९ मामतदाता भेटघाट भएका छन् । नगरपालिका प्रमुखपदका उम्मेदवार रामराजा पाण्डे, उप प्रमुखउम्मेदवार मन्दिरा श्रेष्ठको सहभागितामा धार्केबजारबाट नौबिसेसम्म प्रचार जुलुस संचालन भएको बताईएको छ ।
थाक्रे गाउँपालिका
थाक्रे गाउँपालिकाकामा एमाले उम्मेदवारहरुलाई जिताउन मतदाता भेटघाट एमालेले तिब्र पारेको छ । सबै वडामा वडा अध्यक्षको नेतृत्वमा मतदाताहरु भेटेर एमालेलाई विकास र समृद्धिका लागि जिताउन आग्रह गरेको थाक्रेबाट बैरागी कुमारले बताए ।
