कांग्रेस धादिङद्वारा वागी उठ्ने उम्मदवारलाई कार्वाही

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख २२, २०७९

धादिङ । नेपाली कांग्रेस धादिङले वागी उम्मेदवारहरुलाई पार्टी सदस्यता समेत नरहनेगरी कार्वाही गरेको छ । पटक पटक उम्मेदवारी फिर्ता गरेर पार्टीको आधिकारकि उम्मेदवारलाई सहयोग गर्दा समेत नमन्ने बागीहरुलाई सदस्यता समेत नरहने गरि कार्वाही गरिएको कांग्रेस धादिङले जनाएको छ ।

जिल्ला सभापति रामनाथ अधिकारीले आज एक प्रेस वक्तव्य जारी गर्दै केन्द्र र जिल्लाको अनुरोधलाई वेवास्तै गर्दै आफ्ना उम्मेदवार र कांग्रेसले समर्थन गरेका आधिकारीक उम्मेदवारहरु विरुद्ध स्वतन्त्र उम्मेदवारी दिनेहरुलाई कार्वाही गरिएको जनाएका हुन् ।

वक्तव्यमा मार्फत सभापति अधिकारीले बेनीघाट रोराङका देवी प्रसाद सिलवाल, नीलकण्ठ नगरपालिकाकी कल्पना अधिकारी, नेत्रावती डव्जोङका टेकजंग लामा, खनियाबासका फुलबहादुर तामाङ र सरिता तामाङ लगायत निजहरुका प्रस्तावक र समर्थकहरुलार्ई कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४ उपधार १३ (ग) बमोजिम सदस्यता नरहेको जनाएका छन् ।

कांग्रेसले कार्वाही गरेका यी नेताहरु, स्वतन्त्रबाट देवी प्रसाद सिलवाल बेनीघाट रोराङको पालिका अध्यक्षमा, कल्पना अधिकारी नीलकण्ठ नगरपालिकाको उप मेयरमा, टेकजंग लामा नेत्रावती डब्जोङको अध्यक्षमा, फुलबहादुर तामाङ खनिबासको अध्यक्षमा र सरतिा तामाङ खनियाबासको उपाध्यक्ष पदमा उम्मेदवार रहेका छन् ।