माओवादीका हरि विश्वकर्मा, ६० वर्षिय बसौला र बुर्लाकोटी सँग चुनाव लड्दै

Avatar photo
Dhadingpost
बैशाख २२, २०७९

धादिङ । ०७४ सालमा कांग्रेसका लेखबहादुर अधिकारी सँग पराजित भएका माओवादी केन्द्रका हरि विश्वकर्मालाई माओवादीले यो पटक पनि त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ को अध्यक्ष पदका लागि टिकट दियो ।

३२ वर्षिय हरि विश्वकर्मा यो पटक ६० वर्षिय एमालेका देव बहादुर बसौला र ६० वर्षिय कांग्रेसका राम प्रसाद बुर्लाकोटी र राप्रपाका ५१ वर्षिय हेम विक्रम शाह सँग प्रतिपर्धा गर्दै छन् ।

जनता सँग छिटै घुलमिल हुन सक्ने, जनताको समस्य आफ्नै समस्या ठान्ने र पार्टी प्रति सधैं वफादार रहने भएकोले पनि यो पटक हरि विश्वकर्मा जितको नजिक रहेको हरि अधिकारी बताउँछन् ।

तेसो त वर्षौ देखि राजनीति गर्दै आएका एमालेका देवबहादुर बसौला र कांग्रेसका राम प्रसाद बुर्लाकोटी पनि बलिया उम्मेदवार हुन् । सत्ता गठबन्धनको जिल्ला तथा स्थानीय स्तरमा माओवादी र कांग्रेस दुबैले आ-आफुले जित्ने दावी गरेपछि सहमति हुन नसके पछि एक्ला एक्लै चुनावी मैदानमा उत्रिएका हुन् ।

२०७४ मा त्रिपुरासुन्दरी गाउँपालिकाको चुनावी नतिजा यस्तो थियो
प्रमुखमा

एमाले उम्मेदवार शम्भुकुमार थापा ४०६० मत विजयी
कांग्रेस उम्मेदवार बासुदेव तिमल्सिना ३९६१ मत
माओवादी केन्द्र दलबहादुर बुर्लाकोटी (विजय) १८३४ मत
राप्रपा विष्णुबहादुर खड्का ११३ मत
नयाँ शक्ति हरि प्रसाद धरेल २४ मत

उप प्रमुखमा
एमाले उम्मेदवार कृष्णकुमारी थापा क्षेत्री ३८९९ मत
कांग्रेस उम्मेदवार देवीकुमारी बुर्लाकोटी ३९९० मत विजयी
माओवादी केन्द्र सुमित्रा भण्डारी १९५६ मत
राप्रपा संगिता तामाङ १४७ मत

वडा १ को अध्यक्षमा
कांग्रेसबाट भोजबहादुर रिजाल ९३९ मत विजयी
एमाले हरि प्रसाद पन्त, ६७८ मत
माओवादी केन्द्र रामकुमार श्रेष्ठ ८० मत
राप्रपा भोजबहादुर रिजाल ७
नयाँ शक्ति डिलकुमारी विक ०

वडा नम्बर २ को अध्यक्षमा
कांग्रेस कृष्ण प्रसाद बुर्लाकोटी ६९१ मत
एमाले कृष्णबहादुर खत्री ९९९ मत विजयी
माओवादी केन्द्र लालबहादुर नगरकोटी १८८ मत
राप्रपा जितेन्द्र सिंखडा १९ मत

वडा नम्बर ३ को अध्यक्षमा
कांग्रेस कृष्ण मनोज बानियाँ ३२० मत
एमाले लोकेन्द्र कुमार थापा ९७० मत विजयी
माओवादी केन्द्र सन्तबहादुर अधिकारी १०३ मत

वडा नम्बर ४ को अध्यक्षमा
कांग्रेस इश्वर धरेल ४१८ मत
एमाले उदयबहादुर सिंखडा ३४४ मत
माओवादी केन्द्र कपिल देवी सिंखडा ४७६ मत विजयी
राप्रपा रत्नबहादुर थापामगर ३७ मत

वडा नम्बर ५ को अध्यक्षमा
कांग्रेस हरि बस्नेत ३०८ मत
एमाले हिमबहादुर थापा ३१२ मत
माओवादी केन्द्र कुशबहादुर सिटौला ३४० मत विजयी
राप्रपा उदयबहादुर नगरकोटी २३ मत
नयाँ शक्ति मनकुमारी खड्का ८ मत

डा नम्बर ६ को अध्यक्षमा
कांग्रेस लेखबहादुर अधिकारी ८०३ मत विजयी
एमाले गोकर्ण शाह १७२ मत
माओवादी केन्द्र हरि विक ३८९ मत
राप्रपा अर्जुन भण्डारी ३६ मत

वडा नम्बर ७ को अध्यक्षमा
कांग्रेस मोहन बहादुर अधिकारी २२४ मत
एमाले बलराम गौली ५४९ मत
माओवादी केन्द्र देवराज धरेल ६२९ मत विजयी
राप्रपा रेशमबहादुर थापा ३७ मत
नयाँ शक्ति उदयविक्रम घले १२ मत