धादिङका कान्छा उम्मेदवारहरु

Avatar photo
Dhadingpost
बुधबार, बैशाख २१, २०७९

धादिङ । यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धादिङमा स्वतन्त्र र विभिन्न पार्टीबाट २१ वर्ष देखि ७७ वर्ष सम्मका उम्मेदवार छन् ।

यसअघि हामीले धादिङका धेरै उमेर भएका उम्मेदवारहरुको सूची सार्वजनिक गरेका थियौं, भने अहिले कान्छो उमेरका उम्मेदवारहरुको खोजी गर्ने प्रयत्न गरेका छौं ।

पालिका अध्यक्ष तर्फ सबैभन्दा कम उमेरका उम्मेदवार इमान तामाङ रहेका छन् । उनी खनीयाबास गाउँपालिकाको अध्यक्ष पदमा एमालेबाट उम्मेदवार बनेका हुन् उनी अहिले २५ वर्षका भए । पालिकाको उपाध्यक्ष तर्फ मंगोलियन नेशल अर्गनाईजेसनबाट दिलकुमारी घलान छिन् । २१ वर्षिय उनी थाक्रे गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवार छिन् । मंगोलियन नेशल अर्गनाईजेसनबाटै त्रिपुरासुन्दीको उपाध्यक्षमा २१ वर्षिय निर्मला गुरुङ उम्मेदवार छिन् ।

यस्तै वडा अध्यक्ष तर्फ कान्छा उम्मेदवार हुन् गणेश भण्डारी उनी २१ वर्षका भए । उनी राप्रपाबाट गल्छी ५ को वडा अध्यक्षको उम्मेदवार छन् । जनता समाजवादीबाट नेत्रावती डवजोङ ३ को अध्यक्षका उम्मेदवार मिलन तामाङ २२ वर्षका छन् ।

माओवादी केन्द्रबाट खनीयाबास गाउँपालिका वडा नम्बर २ को अध्यक्ष पदका लागि उम्मेदवार बनेका प्रेम तामाङ (पेरेम) उमेरले अहिले २४ वर्षका भए । उनी प्रदेश सांसद जगत सिंखडाको स्वकिय सचिव समेत छन् । एमालेबाट गल्छी गाउँपालिका ४ को वडा अध्यक्ष बनेका जयराम अधिकारी अहिले २४ वर्षका हुन् ।

यस्तै सदस्य तर्फका उम्मेदवारहरुमा ज्वालामुखी ७ को सदस्यमा एमालेबाट २१ वर्षिय रोशनी इटनी, नेकपा एसबाट त्रिपुरासुन्दरी १ को सदस्यमा २१ वर्षिय विनोद रिमाल, एमालेबाट नीलकण्ठ ११ मा २१ वर्षिय अस्मिता विक उम्मेदवार छिन् ।