धादिङ । धादिङकाे धुनिबेशी नगरपालिका-२ घर भएका ३४ वर्षीय सन्दिप कुंवर काठमाडौं माछापाेखरी स्थित एक हाेटलमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । बिहीबारदेखि उक्त होटलमा बसेका उनी ट्वाईलेट भित्र मृत भेटिएको प्रहरीले जनाएको छ ।