खनियाबास २ मा प्रेम तामाङको उम्मेदवारी

Avatar photo
Dhadingpost
बुधबार, बैशाख १४, २०७९

धादिङ । खनियाबास गाउँपालिका वडा नं. २ मा नेकपा माओवादी केन्द्र खनियाबास गाउँ पालिका पार्टी सह सचीव वडा इन्चार्ज प्रेम तामाङले आफै वडा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् ।

नेकपा माओवादी केन्द्र निर्वाचन २ (ख) का प्रदेश संसाद जगत सिंखडाको स्वाकिय सचिव समेत रहेका प्रेम बहादुर तामाङ (परेम) ले माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

स्कुल जिवन देखिनै राजनीतिमा होमिएर उनी टोल कमिटी हुँदै जिल्ला कमिटी सम्म आइपुगेका उन आफ्नो जित सुनिश्चित रहेको बताउँछन् ।

समाजमा रहेर धेरै सामाजिक कार्यहरु गरेको छु । स्थानीहरुको माग र आवश्यकाका लागि म सँधै क्रियाशिल नै छु तथापी अब वडा अध्यक्ष भएर नै जनताको सेवा गर्ने हो । जनताहरुले आफूलाई भोट हालेर जिताउनेमा आफु ढुक्क रहेको उनी बताउँछन् ।