एसईईका परिक्षार्थी सविन भुजेल त्रिशुलीमा वेपत्ता

Avatar photo
दिपेश कडेल
बुधबार, बैशाख १४, २०७९

धादिङ । एसईई परिक्षा दिएर दिउँसो त्रिशुलीमा पौडी खेल्न गएका १७ वर्षिय एक किशोरलाई आईतबार त्रिशुलीले बगाउँदा वेपत्ता भएका छन् ।

हर्कपुर माध्यामिक विद्यालय बेनिघाट रोराङमा अध्यनरत सविन भुजेल एसईई दिन मलेखुमा कोठा गरेर बसेका थिए । असाध्यै गर्मी बढेपछि दिउँसो ३ जना साथी सहित उनी पौडी खेल्न जाँदा त्रिशुलीले दुई जनालाई बगाए पनि अर्का एक जना उत्रन सफल भएका थिए भने सविनलाई चाहि त्रिशुलीले बगाएको प्रहरीले जनाएको छ ।

प्रहरी र स्थानीयको सहकार्यमा खोजी कार्य जारी भएपनि फेला पार्न सकिएको छैन जिवन उप्रेतीले बताए ।