कांग्रेस र माओवादी गंगाजमुनाले गठबन्धनको निर्णय नमान्ने

Avatar photo
Dhadingpost
आइतवार, बैशाख ११, २०७९

धादिङ । जिल्ला स्थित सत्ता गठबन्धन दलका शिर्ष नेताहरुले आज एक विज्ञप्ती जारी गर्दै जिल्लाका सबै पालिकामा प्रमुख र उप प्रमुखमा सहमति भएको जनाए सँगै गठबन्धन कै स्थानीय तह कमिटीहरुले आलोचना गर्न थालेका छन् ।

गंगाजमुनाका २ ठुला दल नेपाली कांग्रेस र माओवादीले जिल्ला गठबन्धनको निर्णय मान्य नहुने भन्दै प्रेस विज्ञप्ती जारी गरेका छन् । जिल्ला स्थित गठबन्धनले अध्यक्ष कांग्रेसले पाउने र उप प्रमुख एकीकृत समाजवादीले पाउने निर्णय गरेको थियो ।

माओवादी केन्द्रका अध्यक्ष रामेश्वर सिंखडा र नेपाली कांग्रेसका सभापति फैङिङ तामाङले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै आज जिल्ला स्थित गठबन्धनले गरेको सहमति गंगाजमुनामा लागु गर्न नसकिने जनाएका हुन् । आजै गजुरीमा एक्लै लड्न पाउने पर्ने माग गर्दै कांग्रेस गजुरीले सभापतिलाई पत्राचार गरि सकेको छ ।