
धादिङ । माछापुच्छ्रे बैंक शाखा कार्यालय सल्यानटार त्रिपुरासुन्दरी धादिङले नीलकण्ठ ९ गोलाभन्ज्याङमा शाखा रहित बैकिङ सेवा अन्तर्गत ग्राहक सेवा संचालनमा ल्याएको छ ।
वैशाख १० गते उक्त सेवा केन्द्रको उद्घाटन गरेको माछापुच्छ्रे बैंक शाखा कार्यालय सल्यानटारले जनाएको छ । उक्त उद्घाटन समारोहमा माछापुच्छ्रे बैंक शाखा कार्यालय सल्यानटारको शाखा प्रमुख श्याम कृष्ण श्रेष्ठ, साना किसान कृषि सहकारी सस्था लि सल्यानटारको प्रबन्धक सन्जु श्रेष्ठ, ज्यामरुङ्को प्रबन्धक दामोदर इटनी, धर्म थपलिया लगायत स्थानीयहरुको व्यापक उपस्थिति रहेको थियो ।
उक्त सेवा केन्द्रबाट ग्राहकहरुले माछापुच्छ्रे बैंकमा खाता खोल्न रकम जम्मा गर्न तथा भुक्तानी गर्न र रेमिट्यान्स सुबिधा पाउने बैंकले जनाएको छ । कार्यक्रममा माछापुच्छ्रे बैंक सल्यानटारका भानु बडुले स्वागत मन्तव्य तथा करुण गौतमले बैंकको सेवा सुबिधाहरुको जानकारी दिदै कार्यक्रम संचालन गरेका थिए ।
