गंगाजमुनामा गठबन्धन हुन कठिन बन्दै -एलिजर तामाङ

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख ९, २०७९

धादिङ । एकीकृत समाजवादी गंगाजमुनाका अध्यक्ष एलिजर तामाङले गंगाजमुना गाउँपालिकामा सत्ता गठबन्धनबाट साझा उम्मेदवार चयन गर्न कठिन बन्दै गएको बताएका छन् ।

धादिङपोष्ट सँग कुरा गर्दै उनले भने जिल्ला संयन्त्रले पालिका स्तरमा गठबन्धन सम्बन्धी छलफल गर्न बैठक बस भन्यो, तर पालिकाको बैठकमा सहमति जुट्ने वातवरण नबनेकोले साझा उम्मेदवार उठाउन कठिन बन्दै गएको छ ।

नेकपा एकीकृत समाजवादीले जिल्ला स्तरीय बैठकमा भाग बण्डा हुँदा उपाध्यक्ष वा अध्यक्ष समाजबादीलाई दिने कुरा अनौपचारिक रुपमा सहमति भएको जानकारी आएको थियो । तर गाउँपालिकाको बैठकमा गद्बन्धन्को छलफल हुँदा नेपाली काङ्ग्रेसले पालिका अध्यक्ष सहित ३ वटा वडा, माओवादीले उपाध्यक्ष सहित ३ वटा वडा पाउनु पर्ने दाबी गरी एकीकृत समाजवादीलाई एक्ल्याउने प्रयास भएको उनी बताउँछन् ।

हामीले पालिका अध्यक्ष पाउनेले १ वडा उपाध्यक्ष पाउनेले २ वडा र अरुले ४ वटा वडा पाउने गरि प्रस्ताव राख्दा माओवादी र नेपाली काङ्ग्रेसले अस्विकार स्वीकार नगरेपछि आफूहरुले बैठक छाडेर निस्केको अध्यक्ष एलिजर तामाङले बताए ।

हामी अब एक्लै जनताकोमा जाने सोचमा छौं एक्लै जाँदा पनि कांग्रेस माओवादीले प्रस्ताव गरे भन्दा बढी सिट जित्ने उनले दावी गरे ।