धादिङबाट ६,२२४ जनाले एसईई दिँदै, सबै भन्दा धेरै नीलकण्ठ स्कुलबाट

Avatar photo
Dhadingpost
बैशाख ८, २०७९

धादिङ । शैक्षिक सत्र २०७८ अन्तरगतको एसईई परीक्षा भोली (बैशाख ९ गते) बाट सुरु हुँदैछ । यस परीक्षामा धादिङ जिल्लाबाट ६ हजार २२४ जना विद्यार्थी सहभागी हुने जिल्ला शिक्षा समन्वय ईकाइ धादिङका कृष्णकुमार श्रेष्ठले धादिङपोष्टलाई बताए ।

धादिङका १५५ वटा माध्यामिक विद्यालयका ६ हजार २२४ जना विद्यार्थीले २६ वटा परीक्षा केन्द्रबाट परिक्षा दिन लागेका हुन । परीक्षामा सहभागी हुने विद्यार्थीहरु मध्य २३ जना ग्रेडबृद्धि, खुल्ला विद्यालय अन्तगत अन्तरगत ३९ जना र प्राविधिक तर्फका २०९ जना रहेका छन् ।

सबैभन्दा धेरै नीलकण्ठ माविका २६० जना र सबै कम जगदम्बा बोर्डिङ स्कुल गजुरीका ५ जना विद्यार्थीहरु यो एसईई परिक्षामा सहभागि हुँदैछन् ।